स्वास्थ्य

जाडोको खानुस् कोʼदोको ढिँडो, यस्ता छन् फाइदाहरू जानिराखौं

पहिले पहिले गाउँघरमा मात्र खाइने कोदोको रोटी र ढिँडो अहिले उच्च घराना र चर्चित होटल रेष्टुराहरुको आकर्षक नेपाली खानाको रुपमा स्थापित भएको छ ।

ढिडो अहिले शौखको खानाको रुपमा ब्राण्ड बनेको छ । यद्यपी, गाउँघरमा अरु अनाजको अभावमा धेरै हद सम्म बाध्यताको परिकारको रुपमा प्रयोग गरिदै आइएको छ ।

चिसो मौसममा तातो र मिठो परिकार खाने चलन धेरैको हुन्छ । तातो र मिठो खानामाको विषयमा चर्चा हुँदा जाडोयाममा कोदोको ढिँडो पहिलो रोजाइ हुन थालेको छ ।

पहिला पहिला–गाउँघरमा चामल उत्पादन कम हुने भएकाले कोदोको ढिँडो बढी खाने गरिन्थ्यो । त्यसैले पनि चामलको भातलाई कुनै विशेष चाडपर्वमा खानुपर्छ भन्ने मान्यता पनि रहेको थियो ।

तर, अहिले समय निकै परिवर्तन भएको छ । गाउ शहरमा चामल भन्दा ढिँडो लोकप्रिय बन्न थालेको छ । परिवारका सबै सदस्य भेट हुँदा घरमा मिठो परिकार बनाउने भनेर चिसोमा ढिडो खाने चलन समेत आएको छ ।

शहरी क्षेत्रका ठूला ठूला होटलमा विशेष परिकारको रुपमा ढिडो पाक्न थालेको छ । चिसो मौसम शुरु भएसँगै मानिसहरु कोदोको ढिडोतर्फ लोभिने गरेका छन् ।

चिसो मौसममा रमाइलो मान्दै ढिडो खादा पारिवारिक खुसी मात्र होइन, स्वास्थ्यका लागि पनि निकै लाभदायीक मानिन्छ । कोदोको ढिडो मात्र होइन रोटी र अन्य विभिन्न परिकार समेत बनाएर खाइन्छ । आज हामी कोदोको फाइदाबारे जानकारी दिदैछौं ।

प्रत्येक १०० ग्राम कोदोमा पाइने पौष्टिक तत्व यस्तो छ।

Related Articles

Back to top button