समाचार

बुधबार ओली सरकारले दिएको उत्साहजनक सन्देश, जसले सारा नेपालीलाई खुसी बनायो

काठमाडौं । विश्वबजारमा आएको केही महिनामै नेपालमा कोरोनाभाइरस (कोभिड १९)विरुद्ध खोप लगाउन सुरु गरिएको छ । नेपालमा चाँडै खोप आउने र लगाउने विषयमा धेरैले विश्वास गरेका थिएनन् । र यसबारे सरकारी अधिकारीहरु प्रष्ट रुपमा केही भन्न सकिरहेका थिएनन् । तर, भारतमा खोप अभियान सुरु भएको १२औँ दिनमै नेपालमा पनि बुधबारबाट खोप अभियान सुरु भएको छ ।

विश्वभर १० करोड मानिस कोरोनाभाइर संक्रमण हुँदा २१ लाख ६७ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । यस भयाभह अवस्थमा विकास भएका कोरोनाभाइरस विरुद्धको खोप नेपालमा आइपुग्ला या ल्याउन नसकिएला जस्ता प्रश्नले नागरिकको मनमा मात्रै होइन सरकारी अधिकारीलाई पनि चिमोटिरहेको थियो ।

यही बेला अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको र भारतीय कम्पनी सेरमले उत्पादन गरेको कोभिड १९ विरुद्धको कोभिसिल्ड खोप नेपालमा आइपुगेको छ । बुधबारबाट खोप लगाउने अभियानको सुरुवात भएको छ ।

प्रधानमन्त्रीबाट उत्साहजनक सन्देश

बुधबारबार (आज)बाट कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियानको सुरुवात भएको छ । काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले नेपालमै पहिलोपटक कोरोनाविरुद्ध खोप लगाएर अभियानको सुरुवात गरिएको छ । निर्देशक डा. राजभण्डारीसँगै डा. अनुप बाँस्तोला र डा. रुना झाले पनि कोरोना खोप लगाएर देशैभर कोरोना खोप अभियान सुरु गरिएको हो ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै भिडियो कन्फरेन्समार्फत खोप अभियानको उद्घटान गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क कोरोनाविरुद्धको खोप लगाउने बताएर नागरिकहरुमा उत्साह थपिएका छन् ।

‘यो खोप सबैको पहुँचमा हुनुपर्छ । गरिब धनी सबै देशको पहुँचमा हुनुपर्छ । करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं,’ प्रधानमन्त्री ओलीले भने ।

 

Related Articles

Back to top button