समाचार

बेलायतमा बस्दै आएका पूर्व गोर्खा क्याप्टेन हर्क बहादुरको अ’न्त्येष्टि हुन नपाउँदै श्रीमतीको नि’धन

लण्डन । बेलायतमा बस्दै आएका एक भूतपूर्व गोर्खाका दम्पतिको १० दिनको फरकमा नि’धन भएको छ । दश दिनअघि कोरोना संक्रमणका कारण बे’जिङस्टोक अस्पतालमा नि’धन भएका पूर्व गोर्खा क्याप्टेन हर्क बहादुर गुरुङकी पत्नी चन्द्र कुमारी गुरुङको सोमबार नि’धन भएको उनका छोरा अ’नररी ले’फ्टिनेन्ट लालप्रसाद गुरुङ (बीइएम) का नम्बरी शुक्र (साइमन) तामाङले जानकारी दिए ।उनका अनुसार ९२ वर्ष उमेरका पूर्व गोर्खा गुरुङको बे’जिङस्टोक हस्पिटलमा १६ जनवरीका दिन नि’धन भएको थियो ।

उनकी ९१ वर्षीया श्रीमतीको सोमबार घरमै नि’धन भएको हो । श्रीमानलाई कोरोना संक्रमण भएपनि श्रीमतीलाई भने संक्रमण नभएको बताइएको छ ।मृ’तक गुरुङ दम्पति उनीहरुका जेठो छोरासँग साउथ इ’ष्ट लण्डनमा बस्दै आएका थिए । नेपालमा पुर्ख्यौली घर स्याङ्जा जिल्ला क’र्मिडाँडा रहेका उनीहरुको पछिल्लो समय पोखरा नयाँबजारमा बसोबास थियो । स्वर्गीय गुरुङ दम्पतिका तीन छोरा र दुई छोरी छन् । जसमध्ये जेठी छोरी काठमाडौँमा छन् भने बाँकी सबै बेलायतमै छन् ।११ जना नाति-नातिनामध्ये एक नातिनी बेलायतकै पि’टरबरो अस्पतालमा डाक्टर छन् ।

दश दिनअघि नि’धन भएका श्रीमानको अ’न्त्येष्टि समेत हुन नपाउँदै श्रीमतीको पनि नि’धन भएपछि बेलायतको नेपाली स’मुदाय शो’काकुल बनेको छ । बे’जिङस्टोक गुरुङ समाजले स्वर्गीय गुरुङ दम्पतिको नि’धनमा दु:ख व्यक्त गर्दै परिवारप्रति स’मवेदना प्र’कट गरेको छ ।

Related Articles

Back to top button