समाचार

बैदेशिक रोजगारीको पी’डा ! घर बनाएर विवाह गर्ने स’पना देखेर मलेसिया गएका मोरङका रामकुमारको बा’कसमा श’व आएपछि…

मोरङबाट एकदमै दुखद खबर आएको छ । त्यहाँको कटहरी गाउँपालिका – ७ का २६ वर्षिय रामकुमार मुडियारीको केही दिन अघि मलेसियाबाट शव आयो ।उनको शव सँगै उनको सपनाको समेत अवसान भयो ।रामकुमार तीन वर्ष अघि रोजगारको लागि मलेसिया गएका थिए ।

विदेशमा कमाएको पैसाले पक्की घर बनाउने र विवाह गर्ने उनको सपना थियो ।तर अहिले उनको केवल सम्झनामात्र परिवारसँग छ ।उनी वैदेशिक रोजगारको अवधि सकिएपछि घर फर्किने तयारीमा थिए । त्यसै समय कोरोनाका कारण लकडाउन भयो ।

सरकारले थपेको ६ महिनाको भिसा अबधिमा पनि उनी घर फर्कन पाएनन् ।घर फर्कन पटक पटक प्रयास गर्दा पनि असफल भएका रामकुमारले पीडामा परेर दे’ह त्या’ग गरे ।पैसा कमाएर घर बनाएर विवाह गर्छु भनेको छोराको शवको बाकस आउँदा दुखी र स्त’ब्ध भएको उनका बाबुले बताए ।छोराको काजकिरयामा बसेका रामकुमारका बावु बेचना झाँगडले भने, ‘बन्दै गरेको घर अहिले अधुरो छ ।

गाह्रो उठाएर छोडेको छ ।’गाउँमा जम्मा १० कठा जमिन भएका बाबु वेचनले १ लाख ५० हजार रुपैयाँ चर्को ब्याजमा ऋण लिएर छोरालाई रोजगारमा पठाएका थिए ।(अनिल श्रेष्ठले ब्ला’ष्ट खबरका लागि लेखेको यो समाचार हामीले तस्वीर सहित साभार गरेका हौं ।)

Related Articles

Back to top button