म यो संसार छोड्न चाहन्छु भन्दै फेसवुकमा लेखेकी बलिउडकी यि नायीकाले सोमवार वास्तवमै संसार छोडिन्
एजेन्सी । वर्ष २०२१ मा पनि बलिउड जगतवाट नराम्रा खबर आउन सुरु भइसकेको छ । सन् २०२० मा बलिउडले धेरै कलाकार गुमाएको थियो । बिग बाँस ३ सिजनमा रहेकी एक कलाकारले पनि देह त्याग गरेको खबर भारतीय मिडिया आजतकले सार्वजनिक गरेको छ । बलिउड कलाकार जयश्री रमैयाले देह त्याग गरेको आजतकले जनाएको छ । उनको सोमवार निधन भएको हो ।
उनी बेंगलुरुमा बस्दै आएकी थिइन् । उनी केही समय देखि डिप्रेशनमा थिइन् । अघिल्लो वर्ष नै उनले आफुले यस्तो निर्णय गर्दैछु भन्ने कुराको संकेत गरेकी थिइन् । उनले आफु मानसिक रुपमा स्वास्थ्य नभएको बताएकी थिइन् । पछिल्लो वर्ष जयश्री रमाया ने फेसबुक पोस्ट मार्फत आफु मानसिक रुपमा अस्वस्थ्य रहेको जानकारी दिएकी थिइन् । उनले वर्ष २०२० मा सामाजिक मीडिया अकाउंटमा एक पोस्ट शेयर मार्फत उनले म डिप्रेशनमा छु भनेकी थिइन् । म अब यो संसार छोड्न चाहन्छु भनेर लेखेपछि उनलाई धेरैले सान्त्वना दिएका थिए ।
त्यस्तो निर्णय नलिन आग्रह गरेका थिए । धेरैले त्यस्तो आग्रह गरेपछि उनले अरुको मन बुझाउन आफु ठिक छु भनिन् । तर उनले भनेको यो कुरा वनावटी थियो भन्ने कुराको सोमवार पुष्टि भयो । उनी राम्रो अनुवभ गरेकी थिइनन् । स्। २०२० जुलाई २ मा उनले सामाजिक सञ्जाल मार्फत आफु यो संसार छोड्न चाहेको बताएकी थिइन् । उनले भनेकी थिइन्, जीवनको वास्तविक कुरा के हो भने यो सबै काम पब्लिसिटीको लागि होइन। म सुदीप सरबाट पनि केही चाहन्न । म केवल आफ्नो मृत्यु चाहन्छु । म अब डिप्रेशन का कारण यस्तो निर्णय लिँदैछु ।