समाचार

हार्दिक बधाई: बेलायतमा नेपाली इन्जिनियर सेलिना राईले ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’ पाईन !

लण्डन- बेलायतको लिड्समा कार्यरत एक युवा नेपाली इन्जिनियरले ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’ जितेकी छन् ।

बेलायतसहित विश्वभरका इन्जिनियरहरु आबद्ध प्रोफेसनल संस्था ‘इन्स्टिच्युट अफ सिभिल इन्जिनियर’ (आइसीइ) ले सेलिना राईलाई यो अवार्ड प्रदान गरेको हो ।

प्रतिष्ठित प्रोफेसनल अवार्डसंगै सेलिनाले नगद १५ सय पाउन्ड पुरस्कार समेत पाएकी छन् । बेलायतको लिड्स शहरमा एक ‘स्ट्रक्चरल इन्जिनियर’ का रुपमा कार्यरत छन् सेलिना ।

आफूले आर्जन गरेको ज्ञान र सीपलाई तिखार्न यो अवार्ड प्रतिस्पर्धाले महत्वपूर्ण भूमिका खेलेको उनले सुनाइन् । *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

Related Articles

Back to top button