रोचक

यि हुन् संसारकै मोटा बालक जसले यसरी घटाए आफ्ने १०८ किलो तौल (भिडियो हेर्नुस्)

एजेन्सी । संसारकै मोटो बालक आर्या परमानाले आफ्नो वजनको धेरै भाग घटाएका छन् । उनले कडा मेहनत गरेर १०८ किलो तौल घटाएका हुन् । उनको यस्तो चमत्कारीक कामको सबैलाई चकित पारेका छ । उनको तौल १९३ किलो रहेको थियो । आर्याको नयाँ रुपले सबैलाई चकित बताएको छ । उनको सामाजिक सञ्जालमा भाइरल भएका तस्बिरले पनि उनको कडा परिश्रम झल्काएको छ ।

डेली मेलमा प्रकाशित एक रिपोर्टका अनुसार आर्या परमानाको तस्बिर र भिडियो अदे राय नामका एक प्रयोगकर्ताले पोस्ट गरे पछि त्यको चर्चा सुरु भएको छ । भिडियोमा आर्याको अहिलेसम्मको यात्रा देखाइएको छ । जुन यात्राको धेरैले आश्चर्य ब्यक्त गरेका छन् । उनको यो मेकओभरको पछाडि भ्यारिएट्रिक सर्जरी, डाइट प्लान र दैनिक कसरत भएको उनको पिताले बताए ।

आर्याको एउटा सर्जरी भइसकेको छ । तर उनको शरीरमा अझै पनि झोलिएका छालाहरु बाँकी छन् । ती छाला हटाउनको लागि कमसेकम २ पटक सर्जरी गर्नुपर्ने डाक्टरहरुले बताएका छन् । आर्याले २०१६ बाट तौल घटाउन सुरु गरेका थिए । ट्रेनर अदेका अनुसार सुरुमा उनले आर्याको दिनचर्याको बारेमा सोधपुछ गरे र सन्तुलित आहाराबाट उनको तौल घटाउन प्रयास गरेका थिए ।

. प्रोटिनयुक्त नास्ता खाने : अधिकांशले तौल घटाउनलाई नास्ता गर्दैनन् । यो बिलकुलै गलत कुरा हो । नास्ता खाँदा हाम्रो शरीरको मेटाबोलिज्म प्रक्रिया सुचारु हुन्छ र क्यालोरी नष्ट हुन्छ । खाली बस्दा मेटाबोलिज्म प्रक्रिया नहुने हुँदा क्यालोरी जल्न पाउँदैन, अनि तौल जस्ताको त्यस्तै रहन्छ ।

२. जतिबेला भोक लाग्छ त्यतिबेला खाने : जतिबेला भोक लाग्छ त्यतिबेला खाना खानाले हाम्रो शरीरमा अनावश्यक खाना जाँदैन । शरीरमा त्यति धेरै प्रोटिन र ग्लुुकोज नगएपछि मोटोपना बढ्ने समस्या हुँदैन ।

३. गुलियो चिज कम खाने : गुलियो चिजले फ्याट लाग्ने हुँदा यस्ता चिजबिजबाट बच्नुपर्दछ । आइसक्रिम, फलफूलको जुस, केकजस्ता कुराहरु कम गर्नुपर्दछ ।

४. खाना विस्तारै खाने : खाना चाँडो खानेहरु विस्तारै खानेहरुको तुलनामा धेरै मोटाउँछन् । त्यसैले खाना विस्तारै खानु उचित मानिन्छ ।

५. चिया कफी पिउने : चिया कफीले मेटाबोलिज्म हुनलाई सहयोग गर्ने हुँदा तौल घटाउन चिया कफी पिउनु राम्रो हुन्छ ।

६. सुताइ बढी : कम सुताइले पनि शरीरमा अनावश्यक तौल बढाउने गर्दछ । त्यसैले सुताइमा पनि ध्यान दिनुपर्दछ । सुताई आनन्दको हुनुपर्दछ । न्यूनतम पनि छ घण्टा सुत्नुपर्दछ ।

७. फलफूल र सागपात बढी खाने : फलफूल र सागपात निकै नै स्वस्थकर खाना हुन् । यी दुबैले तौल घटाउँछन् । त्यसैले फलफूूल र सागपात प्रशस्त मात्रामा खानुपर्दछ ।

८. सन्तुुलित आहारमा अण्डा राख्ने : अण्डामा क्यालोरी कम र प्रोटिन ज्यादा हुन्छ । प्रोटिन धेरे भएको खानाले कम प्रोटिन भएको खानाको तुुलनामा भोक जगाउँदैन ।

९. फाइबरयुुक्त खाना खाने : स्ट्रबेरी, स्याउ, एभोकाडो, गाँजर, केरा, ब्रोकाउली , सिमी लगायतका फलफूूल तथा तरकारीमा फाइबर पाइने हुँदा तौल घटाउन मद्दत गर्दछ ।

१०. बिहान खाली पेटमा पानीमा कागतीको रस अथवा मह मिसाएर खाने । यसो गर्दा पनि तौल घटाउन सकिन्छ ।

११. दिनको दश हजार पाइला हिँड्ने : हिँडाइ शरीरको लागि निकै नै फाइदाजनक छ । हिँड्ने मानिसमा मोटाउने सम्भावना मात्र नभई चिनी रोग ,क्यान्सरजस्ता समस्याबाट टाढा हुन्छ । हिँडाइले क्यालोरी जलाउने हुँदा दिनमा कम्तीमा दश हजार पाइला हिँड्नु पर्दछ ।

Related Articles

Back to top button