रोचक

५० बर्षदेखि अन्न नखाएका यी बाबाले छोडे काठमाण्डौंमा शरीर, लागे अनन्त यात्रामा

झण्डै ५० बर्षदेखि अन्न नखाएका एक बाबाले काडमाण्डौंमा शरीर छोडेका छन् । उनको मुक्त आत्मा अनन्त यात्रामा लागेको छ । ५० बर्षदेखि अन्न त्या गी फलाहार मात्र गरेका जगताचार्य पण्डित तेजनाथ शर्माको निधन भएको हो ।

६९ वर्षीय ‘नेपाली बाबा’को सोमबार राति विन्धवासिनी आश्रम सतुङ्गलमा निधन भएको थियो । अन्तर धार्मिक संघका अध्यक्ष केशव चौलागाइँका अनुसार मंगलबार विहान ९ बजे पशुपति आर्यघाटमा शर्माको अन्त्यष्टि गरिएको छ ।

शित यु द्ध अन्त्य र विश्व शान्तिका लागि सन् १९८६ महायज्ञ गरेका शर्माले २०४५ सालमा नेपालका ७५ जिल्ला पैदल यात्रा गरेका थिए । ‘धर्मो रक्षति रक्षितः’ अभियान थालेका शर्माले २०४८ मा नेपालको मुक्तिनाथदेखि भारत कन्याकुमारीसम्म ११८ दिन लगाएर पदयात्रा गरे ।

उनले २०२८ सालदेखि अन्न भोजन त्या ग गरेका थिए । फलफूलमात्र खाने गरेका उनलाई नामी पण्डितका रुपमा पनि व्याख्या गरिन्थ्यो ।

 

Related Articles

Back to top button