समाचार

हरिण ठानेर घाँसको भारी बोकेर घर फर्किंदै गरेकी महिलालाई ला’ग्यो गो’ली

काठमाडौ । रोल्पामा वनबाट घाँसको भारी बोकेर घर फर्किंदै गरेकी एक महिलाई गो’ली ला’गेको छ । उनको अवस्था गम्भिर रहेको र उपचारको क्रममा रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

रोल्पा नगरपालिमा वडा नम्बर ९ फाल्जाकी ४५ वर्षीया बरु पुनको अवस्था गम्भिर रहेकाले उनको उपचार जारी रहेको हो । सोमबार बेलुका वनमा बाख्रा चराएर घाँसको भारी बोकेर घर फर्कदै गरेकी बरु माथि घटना भएको थियो ।

घटना गराउने स्थानीय ३७ वर्षीय हस्तबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको छ । रोल्पाका जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीका अनुसार बरुको टाउकोको गि’दी नै बाहिर निसकिेको छ ।

जिल्ला अस्पताल रेउघाले उनलाई थप उपचारका लागि मंगलवार भैरहवा मेडिकल कलेजमा उपचार रेफर गरेको छ । पक्राउ परेका पुनले हरिणले गहुँबाली खाएर स्वाहा पार्न थालेपछि हरिणका लागि आफुले त्यस्तो गरेको बताएका छन् ।

साँझको बेलामा घाँसको भारी बोकेर आउँदै गरेको महिलालाई आफुले हरिण जस्तै देखेको बताएका छन् । प्रहरीका अनुसार घटना सोमबार बेलुका साढे ७ बजेतिरको हो।

प्रहरी समक्ष पुनले भनेका छन् ‘म हरिणबाट आजिद थिएँ, झिसमिसे साँझ भएको हुँदा लुकेर बसेको मैले हरिण नै आयो कि भनेर त्यस्तो गल्ती गरे। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रतिकात्मक तस्बिर

Related Articles

Back to top button