समाचार

इटहरीमा एक परिवारमा पर्यो बज्रपात, एकै दिन दाजु बहिनीको मृत्यु

इटहरी २० तरहरा तामाङ टोलका एक राजेन राई र बहिनी दिपा राईको एकै दिन मृत्यु भएपछि पुरै टोल शोकमा छ । परिवारका सदस्य पनि गहिरो पी डा मा परेका छन् ।

दाजु बहिनीको मृत्युको कारण भने फरक फरक छ । दाजु राजेन काठमाण्डौमा स्कुल चलाएर बसेका थिए । केहि समय देखि उनी विरामी थिए । उनी जण्डिसको विरामी भएको परिवारले बताएको छ ।

दिपाको भने पित्तथैलीको पत्थरी थियो । पत्थरीको अपरेशन गर्न भनेर उनलाई धरान स्थित विजयपुर अस्पतालमा लगिएको थियो । उनको अपरेशन भने सफल भएन र ज्यान गयो । परिवारले भने यो मृत्युको छानविन गर्न माग गरेका छन ।

धरान विजयपुर अस्पतालको लापरवाही हुनसक्ने परिवारको आशंका रहेको छ । उनीहरुले सत्य पत्ता लगाएर दोष देखिए अस्पताललाई कडा कारवाही हुनु पर्ने माग गरेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

 

Related Articles

Back to top button