माइक्रोबस दुर्घटना : ३ जनाको मृत्यु ८ घाइते
इनरुवा, ६ माघ । सुनसरीको दुहवी इनरुवा खण्डमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।
सुनसरी प्रहरीका अनुसार विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको माइक्रो र विपरित दिशामा रहेको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको हो ।प्रहरीले दिएको जानकारी अनुसार प्रदेश १–०२–००१ ज ३८६८ नम्बरको माईक्रोले को३४प ४६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर पश्चात माईक्रो सडक किनारमा पल्टेको छ ।
दुर्घटनामा मोटरसाइकल चालकसहित तीन जनाको ज्यान गएको छ । सुनसरी प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा ३ का बृख मण्डल र माईक्रोका सह– चालक सप्तरी घर भएका शंकरकुमार यादव रहेका छन् ।
मृतक मध्ये एक महिलाको भने पहिचान खुल्न बाँकी रहेको छ । उनीहरु सबैको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।