नेपालीले फागुनसम्म कोरोनाको खोप नि:शुल्क पाउँछन् : स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी
काठमाडौं । छिमेकी देश भारतसहित विश्वका धेरै देशमा कोरोना भाइरसविरुद्धका खोप अभियान सुरु भइसक्दा नेपालमा पनि चाँडै नै खोप आउने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताएका छन्। मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खोप छिमेकी देश सँगसँगै नेपालमा पनि सुरु हुने र खरिद प्रक्रिया पारदर्शी हुने बताए।
उनले भने, ‘हामीले पनि खोप समयमौ ल्याउछौँ र खोप खरिद प्रक्रिया र वितरण न्यापूर्ण तरिकाले हुन्छ।ु खोपको लागि राजनीतिक प्रभावहरूसमेत प्रयोग आफूले गरिरहेको र त्यसको लागि हाल आभारत, रुस र युएईका राजदूतसँग कुराकानी गरेको बताए।
नेपालमा खोप आएको एक हप्ताभित्रै प्रयोग गरिसकिने र त्यसको लागि १६ हजार खोप केन्द्र बनाइनेछ भने ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंमसेविका परिचालन गर्ने मन्त्रालयको तयारी रहेको मन्त्री त्रिपाठीले बताए।
यस्तै, मन्त्री त्रिपाठीले कोरोनाविरुद्धको खोपलाई राजनीतिक वस्तुको रूपमा चित्रित गर्दै राजनीतिक ढंगले नै यसको उपलव्धताको लागि पहल गरिरहेको बताए। उनले खोप निर्माण गरेका कम्पनी र त्यहाँका सरकारसँग नियमित छलफल गरिरहेको जानकारी दिए । मन्त्री त्रिपाठीले कोभिडविरुद्ध खोप सबै जनताका लागि निस्शुल्क भएको समेत स्पष्ट पारे।