समाचार

हे भगवान् के भयो यस्तो ! अस्पतालको सानो गल्तीले मृ,त शिशुको जन्म, किन चिकित्सक यसरी चुक्छन् बेला बेलामा ?

अ,चेत अवस्थाबाट होस खुल्दा आफूले मृ,त शिशु जन्म दिएको खबर पाएर एक अस्ट्रेलियाली महिला निकै दुःखी बनेकी छन् । वेस्ट अस्ट्रेलियाका बन्बरी शहरस्थित एउटा निजी अस्पतालको गल्तीका कारण उनले सो दुःख भोग्नुपरेको हो । बच्चा जन्माउँदा पी,डा नहोस् भन्ने हिसाबले ती महिलालाई १० मिलिग्रामको मोर्फिन दिन चिकित्सकले सिफारिस गरेका थिए ।

तर, गल्तीवश उनलाई १० गुणा बढी अर्थात् १ सय मिलिग्रामको मोर्फिन दिइँदा उनको कोखको बच्चाको समेत ज्या,न गएको बताइएको छ । ‘साराह हस्सन’ नामक ती महिला आफ्ना पति सन्नी एलमसँग सामान्य ग,र्भावस्थामा स्वस्थ शिशु जन्माउन सो अस्पतालमा पुगेकी थिइन् । मोर्फिन ओ,भरडो,जकै कारण साराह अचेत अवस्थामा पुगेकी थिइन् । फलस्वरूप उनलाई सघन उपचार कक्षमा राखिनुपरेको थियो ।नेपालसमचारपत्रमा खबर छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

गत १० डिसेम्बरमा सेन्ट जोह्न अफ गड हस्पिटलमा यो घ,टना घटेको थियो । तर, हालसम्म पनि हस्सन दम्पतीले यस घ,टनाले आफूहरूको जीवनभरि आघात पुगेको बताउँदै आएका छन् । अस्पताल र चिकित्सकहरूले आफूहरूको सानो गल्तीले गर्दा यसमा ठूलो मानवीय त्रुटि भएको तथ्य स्विकारिसकेका छन् ।

अस्ट्रेलियाको स्वास्थ्य उपचार नियमन निकायले यस घटनामा जिम्मेवार ठहर गरी एकजना मिड वाइफको अनुमतिपत्र निलम्बन गरेको छ । यसैगरी, अर्का एकजना कर्मचारीले आफ्नो गल्ती महसुस गरी स्वेच्छाले राजीनामा दिएका छन् ।

यो पनि : प्रधानमन्त्री कप क्रिकेट : वाग्मती र आर्मी विजयी

चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् । वाग्मतीले नेपाल पुलिस क्लबलाई सात विकेटले तथा आर्मीले कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पुलिसले २९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १११ रन बनायो । जितका लागि ११२ रनको सामान्य लक्ष्य वाग्मतीले ३४ दशमलव चार ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । वाग्मतीका लागि उपकप्तान पृथु बास्कोटाले अविजित ४८ रन बनाउनुभयो । यस्तै इशान पाण्डेले अविजित १७, आदिल खानले १२ तथा पारस खड्काले १७ रन बनाउनुभयो । बलिङतर्फ पुलिसका दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले एक एक विकेट लिनुभयो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यसअघि ब्याटिङ गर्ने क्रममा पुलिसका लागि सुनिल धमलाले १७, आरिफ शेखले २१ र दीपेन्द्रसिंह ऐरीले २१ रन बनाउनुभयो । बलिङतर्फ वाग्मतीका नन्दन यादव र तिलकराज भण्डारीले चार चार तथा रामनरेश गिरीले दुई विकेट लिनुभयो ।

यसैगरी मूलपानी क्रिकेट मैदानमा आजै सम्पन्न खेलमा आर्मीले लगातार दोस्रो जित निकालेको छ । आर्मीले कर्णालीलाई ८० रनले हरायो । जितका लागि १९६ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले ३३ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनायो । कर्णालीका कप्तान रविन्द्रजङ्ग शाहीले सर्वाधिक ३०, हेमन्त ओलीले १६ तथा दीनेश अधिकारीले १२ रन बनाउनुभयो । बलिङतर्फ आर्मीका लागि सुशन भारीले चार, साहब आलमले तीन, रोहित पौडेलले दुई तथा हरि चौहानले एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै आर्मीले ४३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनाएको थियो । आर्मीका लागि अनिल मण्डलले ११४ बलमा १४ चौकासहित ८९ रन बनाउनुभयो । यस्तै कप्तान विनोद भण्डारीले ५५ बलमा तीन चौका र एक छक्कासहित ४१, रोहित पौडेलले ११, लोकेश बमले १३ र राजेश पुलामीले १६ रन बनाउनुभयो । बलिङतर्फ कर्णालीका दिवान पुन, राज शाह र दिनेश अधिकारीले दुई दुई तथा रविन्द्रजङ्ग शाही, अनुज चुनरा र युनिस सिंहले एक एक विकेट लिनुभयो ।

यो पनि : परिवारको आशा नै अस्पतालको श,य्यामा ढ,लेपछि…

परिवारको खर्च चलाउन लामो समय वैदेशिक रोजगारीमा बसेका रामचन्द्र बोहरा दुई वर्ष पहिले घर फर्किनुभयो । शरीर अस्वस्थ भएर घर फर्किनुभएका बोहरालाई त्यति बेला आफ्नो दुवै मिर्गौलाले काम गर्न छोडेको थाहा भयो जति बेला उनी परिवारको करकापले उहाँ अस्पताल पुग्नुभयो ।

पोखराको आस्था मिर्गौला तथा स्पेशलाइज्ड अस्पतालले उहाँको दुवै मिर्गौलाले काम गर्न छोडेको बताएको छ । बागलुङ नगरपालिका–१३ पैंयुपाटाका ३३ वर्षीय बोहरा यतिबेला अस्पतालको शय्यामा छटपटाइ रहनुभएको छ । अहिले उहाँको हप्तामा दुई पटक डायलासिस गर्नुपर्छ ।

मध्यम परिवारका रामचन्द्रलाई डायलासिस मात्रै गर्नसमेत आर्थिक कठिनाइ छ । चिकित्सकले उहाँको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भनेका छन् । “खर्च थेगिसक्नु छैन, मजदूरी गरेर छाक टार्न कठिन भएर विदेश गएको छोरा बिरामी भएर फर्किएको छ”, रामचन्द्रका बाबु कृष्ण बोहराले भन्नुभयो “घरभरि बिरामी छन्, रेखदेख गर्ने छोरो अस्पतालको शय्यामा छ ।” रामचन्द्रकी आमाको विसं २०७४ मा टाउकोको शल्यक्रिया भएको थियो । कठिन खालको शल्यक्रिया गरेकाले उहाँले केही काम गर्न सक्नुहुन्न । बोहरा परिवारले रामचन्द्रलाई बचाइदिन आग्रह गरेको छ ।

“मिर्गौला त मै दिन्थेँ तर पहिला पैसा चाहिने भयो, किनेर साध्य छैन”, कृष्ण भन्नुहुन्छ, “कसैको मन पलाए मेरो छोरा तङ्ग्रिन्थ्यो ।” उहाँको डायलासिसका लागि हप्तामा रु सात हजार खर्च हुन्छ । मिर्गौला प्रत्यारोपणका लागि कति खर्च लाग्ने भन्ने विषयमा अस्पतालले केही बताएको छैन । “मेरो जाँच गरेपछि मिल्यो भने खर्चको जोहो गर्ने भनेको छु”, कृष्ण भन्नुहुन्छ, “घरकै आम्दानी केही छैन, सहयोग कसैले गरे भने अनि खर्चको विषयमा खोज्नुपर्ला ।” अस्पतालमा भेट्न पुग्ने जो कोहीसँग रामचन्द्रले गहँभरि आँशु देखाउनुहुन्छ । “भएको पैसा चेकजाँचमै सकियो, ऋणसमेत पाउन गाह्रो छ”, उहाँले भन्नुभयो, “कसैको सहयोग पाउन सके नयाँ जीवन पाउने आशा छ ।”

उहाँका आठ वर्षका छोरा छन् । पेटको शल्यक्रिया गरेकाले बोहोराकी पत्नी कमजोर हुनुहुन्छ । “मजदूरी गर्ने बाबा, आमा हजुरबुबा मेरै आशामा बाँचिरहेका छन्”, बोहराले भन्नुभयो, “छोरालाई धेरै पढाउने लेखाउने सपना थियो, श्रीमती कमजोर छिन्, म यता जीवनमरणको दोसाँधमा छु ।” रामचन्द्रको परिवारले अहिले ‘हाम्रो रामचन्द्रलाई बचाइदिनुहोस्’ भन्दै सहयोगका लागि आग्रह गर्दै आएको छ ।

यो पनि : यि बिधी अपनाएर सूर्यदेवको पूजा गरे परिवारमा मिल्छ शान्ति, आर्जन गर्न सकिन्छ मनग्य धन सम्पत्ती

हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ । सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको निवारण हुनेछ । नवग्रह शान्ति विधानमा मात्र सूर्योपासनाबाट सबै ग्रहको शान्ति मिल्ने उल्लेख छ । किन भने सूर्यदेवलाई नौ ग्रहको मुख्य ग्रह अर्थात राजा मानिन्छ ।

तपाईंले जीवनमा कुनै तनाव झेलिरहनु भएको छ भने सूर्यदेवलाई प्रसन्न पारेर आफ्नो सबै तनाव निवारण गर्न सक्नु हुनेछ । सूर्यदेवको कृपाबाट व्यक्तिलाई समाजमा मानसम्मान प्राप्त हुनेछ । साथै, नोकरी तथा भाग्य सम्बन्धी समस्या सूर्यको पूजाबाट टाढा हुनेछ ।

हरेक दिन बिहान सूर्यलाई नमस्कार गरेमा बल, बुद्धि, विद्या, वैभव, तेज, ओज, पराक्रम तथा दिव्यता प्राप्त हुनेछ । आइतबारको दिन व्रतालुहरुले एक छाक मात्र खाना खानुपर्दछ । साथै खानामा नुनतेल मिसाउनु हुँदैन । व्रत बस्नेहरुले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पूजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्छ ।

यी हुन नेपालसंग साइनो जोडिएका आधा दर्जन भारतीय चर्चित कलाकारहरु, जसले भारतमा स्टार नै बनेर राम्रो चर्चा पाइरहेका छन्, खुशी हुँदै नेपाल र नेपालीबारे यसो भन्छन्, सबै नेपाल आइसकेका छन् र यसकारण फेरी पनि आउन चाहान्छन्

नेपालसंग साइनो रहेका भारतीय चर्चित कलाकारहरु हेर्नुहोस ! बलियुड कलाकार हरु जुन भारत का भएता पनि नेपालसंग साइनो रहेका कलाकार हरु को बारेमा चर्चा गर्दै छौ ! नेपालीहरु लाई भारतीय कलाकार अर्थात बलियुड का कलाकार हरु धेरै नै मन पर्दछ बलियुड कलाकार हरुका नेपाल मा पनि धेरै फ्यान हरु रहेका छन् !

त्यति मात्र हैन केहि बलियुड कलाकार को नेपाल संग साइनो समेत गासिएको छ त्यसैले पनि नेपालीहरु लाई बलियुड भनेपछि जान्ने इच्या रहन्छ ! केहि भारतीय बलियुड कलाकार हरु जसको नेपाल संग पारस्परिक सम्बन्ध रहेको छ ! ति कलाकार हरु हुन् गोबिन्दा अहुजा,माला सिन्हा,भारती सिंह,श्रृति झा ,अहमद खान आउनुहोस चर्चा गरौ कसरि साइनो रह्यो यी कलाकारहरु संग ! ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 

Related Articles

Back to top button