समाचार

यी हुन् ओलीका ठुला फ्यान जस्ले खोपे ओलीको ट्याटु पाखुरामा

एक युवाले प्रधानमन्त्री केपी शर्मा ओलीको ट्याटु आफ्नो पाखुरामा खोपाएका छन् । ती युवा धादिङका विक्रमजंग राना हुन् । उनको ट्याटु अहिले सबैतिर सामाजिक सञ्जालमा सेयर भै रहेको छ ।

रानाको स्थायी घर धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नम्बर ९ हो । उनी आफूलाई नेकपाका एक जना सामान्य कार्यकर्ता भनेर चिनाउन चाहन्छन् । उनले प्रधानमन्त्री ओलीको तस्बीर अंकित ट्याटु खोपाएका हुन् ।

रानाले काठमाडौँको कालीमाटीको एउटा ट्याटु सेन्टरमा गएर प्रधानमन्त्रीको तस्बीरको ट्याटु खोपेको बताए । उनले आफ्नो ट्याटु देखेर धेरैले सकारात्मक प्रतिक्रिया दिएको र अन्य युवाहरु पनि ट्याटु खोप्ने इच्छुक रहेको उनले बताए । तस्वीर र भिडियो: रानाको फेसबुक ।

Related Articles

Back to top button