समाचार

ओलीलाई का’र’वाही गर्न प्रचण्ड-नेपाल पक्षका यि नेता यस्तो पत्र बोकेर बालुवाटार पुगे (पत्रसहित)

काठमाडौ । अनौपचारीक रुपमा विभाजन भएपछि नेकपाका प्रचण्ड–नेपाल नेतृत्वले सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाहीका लागि लेखेको स्पष्टिकरण पत्र लिएर बालुवाटार पुगेको छ । नेकपा अनौपचारीक रुपमा विभाजन भएको लामो समय पछि प्रचण्ड नेपाल सकुहले पार्टीमा का’र’बाही प्रक्रिया अघि बढाएको हो ।

पार्टी विधानविपरित काम गरेको हुँदा ‘तपाईंलाई किन कारबाही नगर्ने’ भनी ओलीलाई सोधिएको स्पष्टीकरण पत्र लिएर नेताहरु बालुवाटार पुगेका छन् । उनीहरुले सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा पत्र बुझाएका हुन्।

नेकपा स्थायी समिति सदस्यहरु सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल बालुवाटार पुगेर स्पष्टिकरण पत्र बुझाएका हुन् । माघ २ गते बसेको स्थायी कमिटीको निर्णय उल्लेख गर्दै स्पष्टिकरण सोधिएको बताइएको छ । दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटार बुझाइएको पाण्डेले बताएका छन् ।

‘तीन दिने म्यादसहित ओलीलाई स्पष्टिकरण पत्र बुझाइएको हो । पाण्डेका अनुसार उनीहरु बालुवाटारको गेट नम्बर तीनमा पुगेर दर्ता गर्न खोज्दा त्यहाँ खटिएका प्रहरीले यस्तो दर्ता हामीले गर्न मिल्दैन भनेपछि भित्र प्रधानमन्त्रीको सचिवालयमा पुगेर दर्ता गरिएको पाण्डेले दावी गरेका छन् ।स्रोत -etajakhabar.com

Related Articles

Back to top button