समाचार
ट्रकले पछाडिबाट ठक्कर दिँदा अन्तरवार्ता दिन हिँडेका बेलबारीका तीर्थको मृत्यु
मोरङको बेलबारी नगरपालिका–६ का २४ वर्षीय तीर्थकुमार राई वैदेसिक रोजगारीमा जाने तयारीमा थिए । दुबई प्रहरीमा जाने तयारीमा रहेका उनलाई म्यानपावर कम्पनीले शनिबार अन्तरवार्ताका लागि बोलाएको थियो । शनिबार उनी बिहानैदेखि इटहरी आउने तयारीमा थिए । उनकी भाउजू डोल्मा पनि माइत जाने तयारीमा थिइन् । अन्तरवार्ताका लागि घरबाट हिँडेका उनीसँगै भाउजु डोल्मा र ११ वर्षीय भतिजी सोर्निमा पनि थिए ।