समाचार

बाँकेमा अनुसन्धानका कार्यरत जवान प्रविन थापाको ह’त्या

नेपालगन्ज – बाँकेको नेपालगंज उपमहानगरपालिका कारकादो मेरी गोल्ड स्कुल पछाडिको खेतमा एक युवक ह ‘त्या गरिएको अवस्थामा फेला परेका छ्न ।

नीज मृतकलाई ह तिया रले टा ‘उकोमा ‘हा ‘नेर ज्यान लिएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ । बाँके प्रहरी प्रवक्ता, डिएसपी सुवास खड्काले मृतक राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा सहायक सूचकको रुपमा कार्यरत प्रविन थापा मगर रहेको जानकारी दिएका छन् ।

उनलाई अहिले पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा लगिएको छ । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सहायक सुचक प्रविण थापामगरको शव बाँकेको लग्दहवा नजिकै तोरीबारीमा भेटिएको हो ।

उनको शव नेपालगन्ज उप–महानगरपालिकाको लग्दहवामा शुक्रबार दिउँसो भेटिएको थियो । उनको शरीरमा ‘डा’महरु देखिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम डिएसपी सुबास खड्काले घटनाको बारेमा अनुसन्धान भैरहेको बताए । उनले भने, ‘अनुसन्धानको विभिन्न पाटोलाई हामीले हेरेर अध्ययन सुरु गरिसकेको छौं । छिटै तथ्य बाहिर आउनेछ ।

उनको ज्यान लिनुको ब्यक्तिगत कारण भएको हो वा व्यावसायिक कारणले त्यो कुरामा हामीले अनुसन्धानलाई केन्द्रित गरेका छौं । अहिले अरु केहि भन्न सकिन्न ।शुक्रबार बाँके प्रहरीले घटनाका बारेमा अनुसन्धान गर्न घटनास्थलमा कुकुरको प्रयोग समेत गरेको थियो ।

 

Related Articles

Back to top button