समाचार

दुई महिना अघि विवाह गरेकी पत्नीलाई गुडिरहेको रेलबाट पतिले दिए धक्का

एजेन्सी । विवाह गरेपछि दम्पतीहरु हनिमुनको ठाउँका बारेमा सल्लाह गर्दछन् । कामकाजी महिला तथा पुरुषले यो समयका लागि भनेर बिदा लिने गर्दछन् । तर यहाँ त्यसको विपरित मुम्बईमा एक २७ वर्ष की एक युवतीलाई उनका पतिले रेलको ढोकाबाट धकेलेर हत्या गरेका छन् ।

विवाह भएको मात्र दुई महिना भएका ती दम्पती रेलमा एक स्थानबाट अर्को स्थानतिर गइरहेका थिए । गुडिरहेको रेलको ढोकामा उभिएकी आफ्नी नवविवाहिता पत्नीलाई ती युवकले घचेटिदिएका थिए ।

यो घटना छिमेकी राष्ट्र भारतको बिहिवार घटेको घटना हो । चेम्बुर र गोवन्डी रेल्वे स्टेशनको बीचमा ती महिलालाई उनका पतिले धक्का दिए पछि उनको मृत्यु भएको थियो । अहिले प्रहरीले ती युवकलाई गिरफ्तार गरेको छ ।

रेल्वे प्रहरी अधिकारीहरुका अनुसार ३१ वर्षका ती युवक र उनकी पत्नी दुबै मजदूर हुन् । सामबार दुबै मुम्बईको स्थानीय रेलबाट यात्रा गरिरहेका थिए । उनीको साथमा महिलाका पहिलो पतिको तर्फकी ७ वर्षकी छोरी पनि थिइन् ।

उक्त घटना यात्रामा सँगै रहेकी एक महिलाले प्रहरीलाई खबर गरेकी थिइन् । ती युवकले नशालू पदार्थको सेवन गरेको बताइएको छ । उनीहरुसँगै रहेकी बालिकालाई उनको परिवारको जिम्मा लगाइएको थियो ।

Related Articles

Back to top button