समाचार

‘ओलीले हाम्रो रगत पसिनामा खेलेको छ, छाड्नुहुन्न’ : डा. भट्टराई

पोखरा । जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही फाँसीवादको बाटोमा हिँडेको बताएका छन् । ओलीले सर्वनाश नभएसम्म आफूले नछाड्ने नीति लिएको उनको आरोप छ ।

जसपाको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै भट्टराईले ओलीले लोकतान्त्रिक गणतन्त्र, संघीयता र जनमतमाथि खेलेको भन्दै यी सबैकुरालाई सखाप पार्ने अभियानमा ओली रहेको बताए ।

ओलीको कदम धर्मनिरपेक्षता र संघीयतालाई सिध्याउनेतिर लागेको भन्दै डा. भट्टराईले आफूहरुको रगतमा ओलीले खेल्न लागेको आरोप लगाए । उनले अब जनताले ओलीलाई छाड्न नहुने र शून्यमा झार्नुपर्ने बताए ।

Related Articles

Back to top button