समाचार

बेहुली लिन जाँदै गरेको गाडी दुर्घटना, वेहुला सहित १३ जना घाइते

एजेन्सी । गुल्मीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते भएका छन्। जिल्लाको कालीगण्डकी गाउँपालिका–२ अर्बेनी कोटदेखि स्याङजाको जैपते जाँदै गरेको ग१ज ५०८६ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाइते हुनेहरुमा कालीगण्डकी गाँउपालिका–२ अर्बेनीका २५ वर्षीय ९बेहुला० कृष्ण पाण्डे, ६० वर्षीय ओमप्रसाद पाण्डे, ५५ वर्षीय शोभाखर पाण्डे, ५० वर्षीय शिवलाल पाण्डे, १४ वर्षीया हिरा पाण्डे छन्। यस्ते ५ वर्षीय शिरिस पाण्डे, २८ वर्षीय गोबिन्द पाण्डे, २० वर्षीय नबिन पाण्डे, २४ वर्षीय हिमाल पाण्डे, १६ वर्षीय बिष्णु पाण्डे, २६ वर्षीया तुल्सा पाण्डे र ५५ वर्षीय खीमानन्द पाण्डे छन्।

जीप चालक स्याङ्जा कालीगण्डकी गाउँपालिका–४ का २८ वर्षीय राजन पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए। घाइतेहरुको स्याङ्जास्थित मिर्मीमा उपचार भइरहेको छ। फाइल तस्बिर**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

 

Related Articles

Back to top button