समाचार

लोकप्रिय गायक प्रमोद खरेलले दिएको उजुरीपछि समातिइन् विन्ध्यावासिनी म्युजिक प्रालीकी अध्यक्ष लिना शर्मा

लोकप्रिय गायक प्रमोद खरेलले दिएको उजुरीपछि समातिइन् विन्ध्यावासिनी म्युजिक प्रालीकी अध्यक्ष लिना शर्मा
काठमाडौँ । प्रतिलिपि अधिकार उल्लंघनको आरोपपछि विन्ध्यावासिनी म्युजिक प्रालीकी अध्यक्ष लिना शर्मा प,क्रा,उ परेकी छिन् । लोकप्रिय गायक प्रमोद खरेल लगायतले उ,जु,री दिएपछि विन्ध्यावासिनी म्युजिक प्रालीकी अध्यक्ष शर्मालाई प्रहरीले सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

लिनालाई काठमाडौँको धुम्बाराहीबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिए ।

प्रवक्ता विष्टका अनुसार अध्यक्ष लिनाविरुद्ध जाहेरी परेपछि अदालतको अनुमति लिएर उनलाई प,क्रा,उ गरिएको हो । आइतबार गायक प्रमोद खरेल लगायतका कलाकारहरु उजुरी दिन पुगेका थिए । लिनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको बताइएको छ । प्रतिलिपी कानुनअनुसार आफूले गीतको स्वामित्व र रोयल्टी नपाएको भन्दै गायक प्रमोद खरेलले उ,जु,री दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

Related Articles

Back to top button