समाचार

दाइजोमा मोटरसाइकल नपाएपछि बेहुलीका दाईलाई हाने बेहुलाले गो’ली

एजेन्सी । दाइजो लिनु गैरकानुनी मानिन्छ । यद्यपि दाइजोकै कारण समाजमा महिलाहरुले समस्या भोग्नु परिरहेको छ । हालै भारतमा भएको एक घटनाले सबैलाई हैरान बनाएको छ ।

दाइजोमा मोटरसाइकल नपाएको भन्दै बेहुलाले बेहुलीको दाइलाई गो’ली हा’ने का छन् । कोरोना जोखिमका कारण बहिनीको विवाह सामान्य अवस्थामा गरेका दाइले यति ठूलो मुल्य चुकाउनु परेको छ ।

फिरोजाबादका मोहम्मद रज्जाकसँग यस्तै भएको छ । उनले बहिनीको विवाह कोरोनाको समयमा गरिदिएका थिए । आफ्नी बहिनीको विवाहमा मोटरसाइकल दिन सकेनन ।

लकडाउनको समयमा सामान्य तरिकाले विवाह गरिदिएको थिए । मोहम्मद रज्जाकले आफ्नी बहिनी रेश्मालाई गुड्डू नामका मानिससँग विवाह गरिदिएका थिए । विवाह समान्य तरिकाले भएकाले दाइजो स्वरुप मोटरसाइकल पाएनन् ।

तर बेहुली लिएर घर जानासाथ उनले मोटरसाइकलको माग राखेर बेहुलीलाई सताउन थाले । मोहम्मद रज्जाकको घर रेग्मा पुलिस स्टेशन नरखी क्षेत्रमा छ ।

गुड्डू ससुराली पुगे त्यती बेला ज्वाई जेठानबीच दाइजोको कुरालाई लिएर विवाद भयो । त्यस पछि गुड्डूले जेठान माथि गो’ली हा’ने । रज्जाकलाई सरकारी ट्रामा सेन्टर लगिएको थियो तर अवस्था नाजुक भएपछि आगरा रेफर गरिएको थियो।

Related Articles

Back to top button