माघे संक्रान्तिमा दुर्लभ योगको संयोग, यी राशिका मानिस बन्नेछन् मालामाल
काठमाडौँ । यो वर्षको माघे संक्रान्ति निकै फलदायी रहेको छ। यस दिन मकर राशिमा पाँच ग्रह एकै साथ रहेने भएका कारण निकै फलदायी मानिने ज्योतिषशास्त्रीले बताएका छन्।
साथै यो दिन दानको पनि विशेष महत्व हुने गर्छ। पण्डित मशेष तिवारीका अनुसार मकर सक्रान्तिमा देवताको दिनको उदय हुने र पर्वको रात मानिने गरिन्छ।
सर्य मकर राशिमा प्रवेश गर्ने भएका कारण यसलाई उत्तरनारायण पनि भनिन्छ। यस वर्षको मकर सक्रान्तिमा पूजा पाठ, स्नान र दानको विषेश महत्व रहेको छ। जसको शुभ साइत बिहान ८ बजेर ४५ मिनेटदेखि १० बजेर ४५ मिनेटसम्म रहेको छ।
त्यसपछि सूर्यास्तसम्म सामान्य पुण्यकाल हुने गर्दछ। यो वर्षको मकर सक्रान्तिमा सूर्य, शनि, गुरु, बुध र चन्द्रमा मकर राशिमा रहनेछन्। पाँच ग्रह एकै राशिमा गोचर हुनुलाई निकै शुभ योग मानिन्छ।
यस दिन गरेको दान र स्नान जीवनका लागि निकै पुण्य फलदायी हुने बताइन्छ।
मकर सक्रान्तिका लागि बिहानै स्नान गरेर लोटामा रातो फुल र अक्षता राखि सूर्यलाई अघ्र्य दिनुहोस्। सूर्य मन्त्रको जप गर्नुहोस्। नयाँ अन्न, कंमल, तिल र घ्यूको दान गर्नुहोस्। भोजनमा नयाँ अन्नको खिचडी बनाउनुहोस्। भोजन भगवानलाई समर्पित गरेर प्रसादको रुपमा ग्रहण गर्नुहोस्।
राशिमा मकर सक्रान्तिको प्रभाव
मेष राशिका लागि कार्यसिद्धिको योग बन्ने छ।
वृष राशि भएका व्यक्तिलाई धार्मिक काममा रुची बढ्नेछ।
मिथुन राशिका व्यक्तिलाई कडा परिश्रम र संघर्ष गर्नु पर्ला।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
कर्कट राशिका व्यक्तिलाई मान तथा प्रतिष्ठा प्राप्त हुनेछ।
सिंह राशिका लागि मकर संक्रान्ति सन्तोषजनक रहनेछ।
कन्या राशिका व्यक्तिलाई मनले चाहेको फल प्राप्त हुनेछ।
तुला राशिका व्यक्तिलाई पारिवारीक चिन्ताले सताउँला
वृश्चिक राशि हुनेहरुका लागि आर्थिक उन्नति होला।
धनु राशिका लागि मकर संक्रान्ति सन्तोषजनक हुनेछ।
यो पनि पढ्नुहोस
शास्त्र भन्छ, बिहान यी काम गर्दा हुन्छ धनको वर्षा
यी हुन कहिल्यै नछुट्ने राशि भएका जोडी, तपाईको कुन ?
मकर राशिका लागि धन लाभको योग छ।
कुम्भ राशिका लागि खर्चमा अचानक वृद्धि हुनेछ।
मीन राशिका व्यक्तिलाई धन लाभ होला।
कुन राशिका व्यक्तिले के दान गर्नु शुभ ?
मेष राशिः मिठाई मिश्रित सामाग्री
वृष राशिः घ्यू, सेतो मिष्ठान्न
मिथुन राशिः तरल पदार्थ हरियो चना
कर्कट राशिः दूध वा दही
सिंह राशिः खिरको दान
कन्या राशिः खिचडी लड्डु
तुला राशिः सेतो बस्तुको दान
वृश्चिक राशिः मिठाई, रातो बस्तु
धनु राशिः बेसनको मिष्ठान्न
मकर राशिः चामल र रहरको दाल
कुम्भ राशिः तिलको तेल
मीनः रेशमी बस्त्र, सौभाग्य सामाग्री
PROMOTED CONTENTMgid