रोचक

विश्वमै अनौठो घटना भयो यि बालिकाको जिवनमा, यसरी शरिर बाहिरै धड्किन्छ उनको मुटु

एजेन्सी । अमेरिकामा बस्ने एउटी बालिका एकदम दुर्लभ समस्याबाट गुज्रिरहेकी छन् । विरसविया गोन्चरोभा नामकी यस बालिकाको पेन्टालोगी अफ कन्ट्रोल भनिने उनी आमाको गर्भमै छँदा उनका मांसपेशीहरु गतल तरिकाले विकसित भए । यस अवस्थाका कारण गोन्चरोभाले कुनै पी’डा महसुस भने भएको छैन । यसको कारणले गर्दा उसको मुटु शरिर बाहिर नै देखिन्छ ।

उनको मुटुमा प्वाल पनि छ। गोन्चारोभा यस्तो अवस्थाका कारण प्रायः अस्पतालमा समय बिताउनु पर्छ। २०२० को सुरुमा उनको अक्सिजनको स्तर एकदम छिटो तल झर्न थाल्यो, त्यसपछि उनलाई आपतकालीन कोठामा लगियो र अर्को दुई हप्तामा अस्पतालमा समय बिताएपछि गोन्चारोभाको अक्सिजनको स्तर सामान्यमा फर्कियो।

दारी २०१५मा रूस बाट अमेरिका आउने निर्णय गरेका छन् । उनलाई आशा छ कि उनी अमेरिकामा छोरीको शल्यक्रिया गर्न सक्षम हुनेछन् । ताकी छोरीको मुटुमा भएको प्वालको पनि उपचार गर्न सकियोस् । यद्यपि गोन्चरोभाको उच्च रक्तचापका कारण उसको फोक्सोका धमनीहरू प्रभावित छन्, त्यसैले यो शल्यक्रिया पनि सम्भव भएको छैन।

गोन्चरोभा भन्छन कि कहिलेकाँही अक्सिजनको मात्रा यत्ति कम हुन्छ कि उनीहरूलाई चक्कर आउन लाग्छ । तर यसको बावजुद उनी सक्रिय हुन मन पराउँछिन् र उनी आफ्ना साथीहरूसँग नाच्न र गाउन मन पराउँछिन्। यद्यपि कोरोना अवधिका कारण उनी यस वर्ष आफ्ना साथीहरूसँग बढी समय दिन सकेकी छैनिन।

गोन्चरोभा पनि सोशल मिडियामा धेरै सक्रिय छिन र उनी आफ्नी आमासँग फोटोहरू साझेदारी गर्छिन । गोन्चरोभा इन्स्टाग्राममा धेरै सकरात्मक सन्देशहरू प्राप्त गर्दा आनन्द लागेको बताउँछिन् ।

Related Articles

Back to top button