समाचार

शाहको फार्ममा कसले लगायो आगो: ३० मिनेटमै खरानी भए ७० लाखका बाख्रा !

गुल्मी– चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका शौभाग्य शाह अझै बि`क्षिप्त छन् । नाम सौभाग्य । तर, नाम अनुसारको सौभाग्य कहिल्यै प्राप्त भएन उनलाई ।गत बिहीबार फर्ममा अचानक आगो लाग्यो । आधा घण्टामा २५ बाख्रा त गुमाए नै, आफु पनि घा`इते भए । अरु युवा परदेशलाई मरिहत्ते गर्छन्। तर, सभाग्यले जुन कर्मको लागि जापान र हङकङ त्यागे । आज त्यहि कर्म डु*ब्यो, ज*लेर घाइते बन्नु पर्‍यो ।

उनको क्यानाडाको भिसा पनि नआएको होइन । कोरोनाका कारण लकडाउन भएर जान पाएनन् । केही वर्ष पहिले माछा पालन गरे । तर, एक रातमा तीन हजार माछा मरे । त्यसपछि कुखुरा पनि त्यसै गरेर नष्ट भए ।सौभाग्यले हिम्मत हारेनन्, फेरि परदेश पस्ने सोँच बनाएनन् । अहिले सौभाग्य बिचलित छन् । पीडाले मन अमिलो बनेको छ । आगोमा परेर अनुहार निलो भएको छ । ऋण खोजेर जोडेका बाख्रा र मिहिनेतले बनाएको फार्म आगोले केहीबेरमै खरानी भयो ।

उनी बिहिबार सवेरै बाख्रालाई दानापानी गरेर गोठबाट निस्किए । करिव पौने ९ बजे परिवारसँगै खाना खाएर गफगाफमा थिए । एक्कासी बाख्रा फर्ममा आगो दन्किएको देखे । सौभाग्य हतार–हतारमा आगो दन्किएको फार्ममा झरे । बोकाहरु घाइते अवस्थामा छटपटाएको देखेर फार्मभित्र पसे ।

तर, एउटा पनि निकाल्ने उपाय लागेन, बरु आफै जले । ‘परिवारको आँखै अघि ३० मिनेटमा ८० फुटको फार्म जलेर खरानी बन्यो,’ उनले भने, ‘एउटा बाख्रा पनि बचाउन सकिएन, बरु आफै जलेँ ।’ नयाँ खोर बनाएर बाख्रा सारेका एक महिना मात्रै भएका थिए । प्रसस्त दानापानी खुवाएकाले निकै राम्रा बाख्रा थिए ।

फार्ममा राजस्थानी, बोयर र जमुना पारीका उन्नत जातका बाख्रा र फार्म गरेर ७० लाखभन्दा बढी लगानी गरेका थिए । सौभाग्य चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका वडाध्यक्ष किरण शाहका छोरा हुन् । वडाध्यक्ष किरण पनि पौरखमा विश्वास गर्ने व्यक्ति हुन् । जापान र हङकङमा राम्रै कमाई थियो । बुबाले नै छोराको कृषि कर्ममा उत्साह भरेका थिए ।

बाबुछोराले गाउँमा सकेको गरेका थिए । शाह परिवारले लोभलाग्दो कृषि कर्म गरेका छन् । ‘गाउँका अरु युवालाई उत्साह भर्न नुमना फर्म बनाउँदै थियौँ,’ किरणले भने, ‘दैव लाग्यो ।’ सधै सवैलाई उर्जा भर्ने वडाध्यक्ष किरणका आखाँमा अहिले आँसु अटाएका छैनन् । गाउँमा कृषि कर्मको जोस छर्ने परिवार पीडाले शोकमा छ ।

वडाध्यक्ष शाहीले ष`डयन्त्रपूर्वक पेट्रोल छर्किएर आगलागी भएकाले सत्यतथ्य छानविन गरेर दो`षीलाई का`रबाही गर्न माग गरेका छन् । ‘पेट्रोलको गन्ध आउने वित्तिकै आगलागी भयो, यो ष`डयन्त्र हो,’ उनले भने, ‘समयमै छानविन होस्, मेरो नियति फेरि अर्कोले भोग्न नपरोस् ।’यो विषयको सत्यतथ्य छानविन गरेर दो*षी उपर का`रवाही नगरे केही गर्ने सोच बनाएका युवा कृषकहरुको मनोवल घटने शाहले बताए । इलाका प्रहरी कार्यालय चन्द्रकोटका इन्चार्ज मन बहादुर आलेले घ*टनामा संलग्नहरुको खोजी भइरहेको बताए । पालिका खबरमा टोपलाल अर्यालले समाचार लेख्नुभएको छ।

Related Articles

Back to top button