समाचार
बहिनीको बिहेको लागि पैसा निकाल्न दाजु बैंक गए, घर आइपुग्यो शव
भारतको बिहारमा एक अनौठो घटना भएको छ । त्यहाँको हाजीपुरस्थित एक होटलको बन्द कोठामा एक नौसैनिकको शव फेला परेको छ । भनिन्छ उनी बहिनीको बिहे गर्न पैसा निकाल्न बैंक हिडेका थिए ।मृत्युको खबर पाउने बित्तिकै पुलिस र परिवार बीचमा बहस समेत भएको थियो । जस पछि रातीसम्म सडकमा विवाद समेत भएको थियो ।यसपछि, महुआका विधायकहरू घटनास्थलमा पुगे र पुलिसको कारवाहीमा लापरवाही भएको भन्दै राज्य राजमार्गमा धर्ना बसे ।