कालिञ्चोक भगवतीको दर्शन गरी,आज पुस २४ गते शुक्रबारको राशिफल पढ्नुहोस
वि.सं.२०७७ साल पौष २४ गते । शुक्रबार । ईश्वी सन् २०२१ जनवरी ०८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि– दशमी,३२ घडी ५५ पला,बेलुकी ०८ बजेर ०८ मिनेट उप्रान्त एकादशी । नक्षत्र–स्वाती,१५ घडी ४१ पला,दिउसो ०१ बजेर १४ मिनेट उप्रान्त विशाखा । योग–धृति,२६ घडी ४७ पला,बेलुकी ०५ बजेर ४१ मिनेट उप्रान्त शूल । करण–वणिज,बिहान ०९ बजेर १९ मिनेट उप्रान्त भद्रा,बेलुकी ०८ बजेर ०८ मिनेट उप्रान्त बव । आनन्दादिमा–गद योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २३ मिनेट । दिनमान २६ घडी ०४ पला । नेपाल ज्योतिष परिषद् स्थापना दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार तथा व्यावसाय बिश्तारको सन्द्रर्भमा लामो दुरिको यात्रा हुनेछ । घर परिवार तथा आफन्तहरुको सहयोगमा महत्वपुर्ण तथा सकारात्मक कामहरु अगाडि बढाउँन सकिने समय रहेकोछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ भने आथित्यपुर्ण सम्मान प्राईने हुँदा मन प्रशन्न हुनेछ । नयाँ सोच तथा नबिन बिचार आउँने हुँनाले बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पढाई लेखाईमा तपाईको कमजोर उपश्थितिको फाईदा अरुलेनै उठाउँनेछन् । विवाद मथ्थर पार्नका लागिएका उपाएहरु आफै निश्तेज हुनेछन् ध्यान दिनुहोला । पुराना समस्या पुनह बल्झने हुदा समयमा कामहरु सम्पादन हुने छैनन् । माया प्रेममा एक अर्काबिच बिश्वासको बाताबरण भत्कन सक्छ ख्याल गर्नुहोला । आफन्त तथा आफ्नै भन्नेहरुले तपाईको काममा बाधा तथा अवरोध गर्न सक्छन् । कार्यक्षेत्रमा आउँने समयस्या हरुलाई समय अभावका कारण हल गर्न सकिने छैन ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
अध्ययन तथा अध्यापनमा सफतला मिल्नेछ भने बिचार गरेर बुन्ने योजनाहरु सफल रुपमा सम्पन्न हुनेछन् । व्यापार व्यावसाय फस्टाएर बिशेषगरि स्कुल कलेज तथा शेयर बजार तिर गरिने लगानिमा सुधार भएर जानेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने आफन्त तथा आत्मीय मित्रहरुबाट सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । भौतिक सम्पति तथा मन परेको सामान प्राप्त हुने हुदा खुसिले उचाई नाघ्नेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । घर जग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ । मित्रहरुको लहै लहैमा लाग्नाले पढाई लेखाई कमजोर रहनेछ । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अध्ययन अध्यापनमा मन नजादा चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछैन । न्यायिक निर्णहरु तपाईको पक्षमा नआउँने हुँनाले कुनै पनि बादबिवाद तथा मुद्दा मामिलामा सामेल नहुँनु होला । दाजुभाई तथा छिमेकि सँग नचाहादा नचाहादै बिवाद हुँने तथा छुट्टिनु पर्ने अवस्थाको सिर्जना हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्यय रहेकोले आजको दिन नभेटिनु नै राम्रो रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
थोरै समय र सानो लगानि गरी शुरु गरिने व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्ब सँग भेटि नया कामको योजना बुन्न सकिनेछ । पारिवारिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रम्न सकिनेछ । प्रणय सम्बन्धमा सुधार आउनुको साथै नया ठाउबाट प्रेम प्रस्ताब आउने प्रवल सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले अलि बढि मेहनेत गरे जनताको मन जित्न सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पुराना साथि भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राबृधिक शिक्षामा खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यावसायमा मन्दि आउनाले खल्ति रित्तिनेछ । आफन्त तथा अग्रजहरु सँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला । समस्या पर्दा सहयोग गर्नेहरु कमै भेटिनेछन् । आर्थिक अवस्था कमजोर भएजस्तो हुनेछ भने व्यापारमा समय दिन नसस्दा घाटा लाग्ने योग रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ । घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ । उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पढाई लेखाईमा मेहनेत गरेअनुशार नतिजा निकाल्न प्रशस्त समय खर्चिनु पर्नेछ । व्यापार व्यावसायमा लगानि गरिहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै उत्तम हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने आफन्तजन तथा परिवारका सदस्यहरु तपाईको ब्याबहारले टाडिन सक्छन् । सम्मानिम ब्याक्तिहरु सँग बिवाद बढ्नेछ भने आर्थिक ब्याबस्थापनका लागि चालिएका प्रयासहरु अर्थहिन हुनेछन् ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सिर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समयको ख्याल नगरि काम गर्दा समस्या निम्तिन सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुँदा काम गर्न असजिलो हुनेछ । दैनिक खर्च बढ्नेछ भने घर परिवारका आवस्यक्ता परिपुर्ति गर्न सकिने अवस्था रहने छैन । व्यापार व्यावसायमा बढिनै समय खर्चिय मात्र नाफा कमाउँन सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी तारानाथ भण्डारी ।
०००
साप्ताहिक राशिफल हेर्नुहोस : पौष १९ गते आईतबारदेखी पौष २५ गते शनिबारसम्मको
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाँफा कमाउन सकिने हुनाले अन्य क्षेत्रमा लगानी गर्न सकिनेछ । भौतिक सम्पती तथा प्राकृतिक स्रोतको परिचालन मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । माया प्रेममा थप प्रगाडता बढेर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ । पढाइ लखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ भने बित्तिय क्षेत्रमा गरीएको लगानी फस्टाएर जानेछ । बिहीबारबाट समय मध्ययम रहेकोले गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुनेछ सचेत रहनुहोला । तरपनि लामो दुरिको विदेश यात्रा हुने तथा विदेशमा हुनेहरुले मनग्गे धन सम्पति जोड्ने ग्रहयोग रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वाताबरण झन कसिलो भएर जानेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । बिशेष गरी दैनिक उपभोग्य सामान,पानि तथा औषधीसँग सम्बन्धीत व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । बिद्यामा सोचे अनुरुप नै प्रगति हुनेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ । सोमबार दिउसोबाट बुधबार साझसम्मको समय मध्ययम रहेकोले मानसम्मान तथा इज्जत प्रतिश्ठामा दाग लाग्न सक्छ काम गर्दा ख्याल गर्नुहोला । सरकारी सेवामा झन्झटिला प्रक्रिया अवलम्वन गर्नुपर्दा मानशिक तनाव बढ्नेछ । राज्यबाट गलत आक्षेपहरु लाग्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परिनेछ । तरपनि बैक तथा बित्तिय क्षेत्र,चलचित्र क्षेत्रसँग सम्बन्धित कामहरु फिलिम,मोडलिङ, फेसन डिजाईनिङ, गल्यामरस जस्ता क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
समय राम्रो रहेकोले अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रासँग सम्वन्धीत व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । गीत संगित क्षेत्रमा रुचि बढ्ने हुँदा केहि समय रमाईलोतिर पनि समय खर्च हुनेछ । महत्वपूर्ण जिम्मेवारी सम्पादन गर्नको लागि अवसर जुर्नेछ । राज्य तथा राजनीतिमा सम्मानजनक उपश्थिति रहने हुनाले जनताको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुनेयोग रहेकोछ । सञ्चार जगत,ईन्फर्मेसन टेक्नोलोजि, सफ्टवेयर डिजाईनिङ,स्टक एक्चेञ्ज,चार्टर एकाउन्टेण्ट,व्यापार,हास्य ब्याङग्य कलाकार,लेखक,साहित्यकार,राजदुत तथा चलचित्र क्षेत्रमा काम गर्नेहरुका लागी साताको अझ समय शुभ रहनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बुधबार साझसम्मको समय मध्ययम रहेकोले व्यापार व्यावसायमा नाँफा कमाउन बढि नै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्य कुराहरु बाहीर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । श्वासप्रश्वास तथा छाती सम्वन्धी समस्याले सताउने हुदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदी बहिनीसँग मनमुटाव बढ्ने योग रहेकोछ । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ । बुधबार साझबाट बैक तथा बित्तिय क्षेत्रमा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । आफूले पाएको अधिकारलाई भरपुर प्रयोग गरी उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिनेछ । धार्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो सस्कार तथा रितिरिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । पानिसँग सम्बन्धित जलसेना,हाइड्रो ईन्जिनियर,पौडिबाज,तेल प्रसोधन, खेतिपाति, पशुपालन,कृषि, डेयरि प्रोडक्सन तथा प्रसासनिक क्षेत्रमा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानी गर्ने अवसर आउनेछ । मायाप्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । सोमबार दिउसोबाट शुक्रबारसम्मको समय मध्ययम रहेकोले ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने यहि बेलामा आयस्रोतका बाटाहरु साघुरा हुनेछन् । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनी सँग साना साना कुरामा मनमुटाव बढ्नेछ । यात्रा गर्दा सावधानि अपनाउनु होला आजको दिन मध्ययम रहेकोछ । तरपनी सेना,प्रहरि,गुप्तचर,सुरक्षा सँगठन,उद्योग, ब्याबस्थापन,मेडिकल,राजनीति,प्यारामेडिकल क्षेत्र, रिशर्च,अध्यात्म, ज्योतिष, प्रशासनिककार्य, जस्ता क्षेत्रमा काम गर्नेहरुका लागी साता उत्तम रहेकोछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले प्रयन्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछ भने व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । स्कूल कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरीएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायमा बिशेष लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्नाले सम्बन्ध सुदृड हुनेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको उपयोग मार्फत मनग्ने धन संग्रह गर्न सकिनेछ । सोमबार दिउसोबाट बुधबार साझसम्मको समय मध्ययम रहेकोले मुद्दामामिला तथा न्यायिक निकायबाट हुने निर्णयहरु पछिको लागि सार्नु नै उपयूक्त हुनेछ किनकी फैसला तपार्ईँको पक्षमा हुनेछैन । खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न असजिलो हुनेछ । पुराना समस्या पुनह बल्झन तथा ऋण लाग्नेछ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । तरपनि ब्यापार ब्याबसाय,बाणिज्य,लेखन,कलासाहित्य तथा सबैखाले प्राबिधिक पेशा व्यावसाय ,कम्यूनिकेशन,अफिसर, वलिक, राजनीतिक सल्लाहकार, शिक्षक आदि पेशा व्यावसायमा समय लगानी गर्नेहरुका लागी साता उत्तम रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
समय राम्रो रहेकोले भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पति प्राप्त हुनेहुदा सुख सागरमा रमाउने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । बित्तिय क्षेत्रसँग सम्बन्धी पेशा व्यावसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरी तपार्ईँलाई सम्झनेछन् । सत्रु तथा प्रतिस्पर्धी हरुलार्ई हरेक क्षेत्रमा परास्त गर्दै भने जस्तो उपलव्धी हासिल गर्न सकिनेछ । मामा तथा मावली पक्षबाट तपार्ईँको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । कूटनीति, परराष्ट्र,राजनीति,राजदुत वा यस्तै कार्यमा आफुलाई अब्बल साबित गर्ने समय रहेकोछ । त्यसैगरि स्पेश ईन्जिनियर,खगोलबिज्ञान,जिनेटिक ईन्जिनियर,कपडा,कागज,प्रेस तथा मिडिया जस्ता क्षेत्रमा यो साता शुभ रहकोछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले पढाइ लेखाइमा शुक्ष्म तरिकाले गरीएको अध्ययनले सकारात्मक नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट आउने आम्दानिले आर्थिक अवस्था मजभुत हुनेछ । आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ । सन्तान पक्षबाट भनेजस्तो सहयोग तथा सल्लाह पाइने तथा बंश बृद्धिको गतिलो योग रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । छोटो दुरिको यात्राको योग रहेकोछ भने दाजुभाईबाट तपाईँको काममा सहयोग हुनेछ । सोमबार दिउसोबाट बुधबारसाझसम्मको समय मध्ययम रहेकोले पहिलेका कमिकमजोरिहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेकोछ । कबि, दार्शनिक, लेखक, समालोचक,बिचारक तथा गुप्तचर जस्ता क्षेत्रमा सफलता प्राप्त हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेकोछ । दाजुभाई हरुसँगको सम्बन्धमा नयाँ पनको बिकास हुनेछ । बिद्यामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । बिहीबार र शुक्रबारको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा जनताको काम गर्न हर कोषिश गर्दा गर्दै नसकिने हुदा आलोचनाको शिकार हुने योग रहेकोछ । सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेकोछ । घर परिवारबाट टाडा हुनुपर्दा नरमाईलो लाग्नेछ । स्थाई सम्पतिमा विवाद आउनेछ । तरपनि प्रशासन, शिक्षण, मेडिकल,केमिकल्स,उद्योग,भुउपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट,भाषा अनुबादक, कम्प्युटर सफ्टवेयर तथा हार्डवेयर तथा राज्यमा मन्त्रि जस्ता पदमा रहि काम गर्नेहरुका लागी साता राम्रो रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समय राम्रो रहेकोले बिद्या तथा प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ भने बित्तिय क्षेत्रसँग सम्वन्धीत कामहरु फस्टाएर जानेछन् । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ । ईमान्दारिता पुर्वक गरीएको प्रयासबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । सरकारी धन तथा पैत्रिक सम्पतीको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । चाहेको वस्तु तथा मनोकामनाहरु पूरा हुनाले मन प्रफुल्लीत हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । छोटो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । परिवारका साथ सँगै बसेर मिष्ठान्न भोजन ग्रहण गर्दै साता व्यातित गर्न सकिनेछ । लामो समय देखि रोकिएर बसेका चलचित्र तथा कलाकृतिसँग सम्बन्धीत कामहरु हुनेछन् । न्याधिस, ईन्जिनियर, डाईरेक्टर, संचालक, म्यानेजर,अध्यक्ष वा चिफ एक्जिक्युटिभ ब्याबस्थापन,मार्केटिङ, बिमा, एकाउन्ट,बैक तथा बित्तिय सस्था जस्ता क्षेत्रमा चाडै सफलता प्राप्त हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
साता राम्रो रहेकोले सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ । पढन पाढनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भविश्यमा मनग्गे धन लाभ हुनेछ । प्रेममा रमाउन चाहनेहरुले भरपुर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बिभिन्न विलाशी वस्तुको प्रयोग गरी मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ । लेखन, साहित्य,कला, दर्शन,धर्म प्रचार, अन्तरिक्ष बिज्ञान, भुउपग्रह,भौतिक बिज्ञान, मिडिया तथा राजनितिमा लाग्नेहरुका लागी साता उत्तम रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु विच घनिष्टता बढेर जानेछ । दिगो फाईदा हुने व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुनेछ । सोमबार दिउसोबाट बुधबार साझसम्मको समय मध्ययम रहेकोले स्वास्थ्य सम्वन्धी सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । तरपनि वैदेशिक क्षेत्रसँग सम्वन्धीत कारोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ । इन्जिनियर,दूध तथा दूग्ध पदार्थ, जलसेना, गोताखोर, बैज्ञानिक शोधजस्ता क्षेत्रमा काम गर्ने व्याक्तिहरु सफल मानिन्छन् । लेखन, साहित्य,कबिता, दर्शन ,कला तथा साहित्य, मनोरञ्जन, हास्य बिधा,अध्ययन अध्यापन, योग ध्यान,अध्यात्म जस्ता क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।
तपाईँको दिन शुभ रहोस ।
ज्यो.तारानाथ भण्डारी ।