समाचार

सप्तरीमा साइकल यात्रीलाई ट्रकले जानि जानि ठक्कर दिएर ज्यान लियो, यसरी पत्ता लाग्यो ड्राइभरको बदमासी

दुर्घटना आकस्मिक रुपमा हुने गर्छन् । धेरै जसो यस्ता छटना छटार्न सकिन्छन् । तर चालकको नियत खराब भएपछि यस्ता घटना झन बढि हुने गर्छन् । यस्तै घटना सप्तरीमा भएको छ ।

त्यहाँको पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका ६ स्थित बिरेन्द्र बजार खण्डमा एक साइकल यात्री आफ्नो गन्तब्यमा जाँदै थिए । सोही बाटो भएर आएको ट्रकले सुनसान सडकका ती साइकल यात्रीलाई हा न्यो र भा ग्यो ।

ट्रकले साइकल यात्रीलाई छोएपछि न त ट्रक रोकेर घाइतेको अवस्था बुझ्यो न त प्रहरीलाई नै खबर गर्यो । त्यसैले यो घटना चालकले जानी जानी नै गराएको अनुमान गरिएको छ ।

राती ९ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मालबाहक ट्रकले बिपरित दिशाबाट आउँदै गरेको साइकल यात्री सप्तरीको विष्णपुर गाउँपालिका १ बाजिदपुरका राजकुमार खत्वे मण्डललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

प्रहरीले ठक्कर दिई भा गे का ट्रकका चालक बिराटनगर उपमहानगरपालिका ६ निवासी तथा ट्रकलाई पनि घटनास्थल भन्दा ४ किलोमिटर टाढा महुली क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरीले घटनास्थलदेखी भारदहसम्म सडकमा गुडिरहेका गाडी रोकेर चेकजाच गर्दा ठक्कर दिने गाडीको चक्कामा लागेको र ग त को आधारमा गाडीको पहिचान भएको थियो ।

Related Articles

Back to top button