समाचार
खद खबर : आर्यघाटको छाना भत्किँदा मलामी गएका १८ जनाको ज्यान ग’यो
एजेन्सी । भारतको राजधानी दिल्लीस्थित एक आर्यघाटको छाना भत्किँदा मलामी गएका १८ जनाको मृ’त्यु भएको बीबीसी हिन्दीले जनाएको छ।
आइतबार गाजियाबादमा रहेको आर्यघाटको छाना भ’त्किएको हो। हालसम्म १८ को मृ’त्युको खबर प्राप्त भएको र त्यहाँ फ’सेकाहरुलाई उ’द्धार गर्ने कार्य चलिरहेको बताइएको छ।
यी मानिसहरु आफन्तको अन्तिम सं’स्कारमा भाग लिन आएको प्रहरीको भनाइ छ। झरीबाट बच्न यिनीहरु छानामुनी ओत लागेका थिए।
अहिलेसम्म ३८ व्यक्तिलाई खण्डहरवाट बाहिर निकालिएको छ । अझै केही ब्यक्ति खण्डहरमा भएकाले उद्धार कार्य भइरहेको छ। यो दुर्घटना गाजियाबाद पुलिस स्टेशनको मुरादनगर क्षेत्रमा भएको हो ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यस घ’टना दु’खद भएको बताउँदै घटनामा मृ’त्यु भएकाहरुको परिवारलाई दुई–दुई लाख आर्थिक सहायत प्रदान गर्ने बताएका छन्।