समाचार

पैसा कमाउन ज्वाई विदेश गएको मौका छोपेर ससुराबाले छोरीलाई के गरे यस्तो (भिडियो हेर्नुहोस)

काठमाडौ । धुमधामसंग विवाह गरेर पैसा कमाउन भन्दै विदेश गएका एक पुरुषका श्रीमतिलाई ससुरालीले धुमधामसंग फेरी अर्कैसंग विवाह गरिदिए । रुपन्देहीको भैरहवामा यस्तो घटना भएको हो । उनी मलेसिया गएपछि श्रीमतिलाई विदेशवाट पैसा पठाउँथे । ससुरालीको घर पनि उनले नै बनाइदिएको बताउँछन् ।

म मलेसिया गएपछि श्रीमति माइत गएर बसिन्, ससुरालीले घर बनाउँदै थिए । त्यसका लागि पनि मैले मलेसियावाट पैसा पठाए । तर घर बनाएर सकेपछि श्रीमतिलाई ससुरालीले नै छोरीको विवाह अर्कैसंग गरिदिए । रविन कुमार विश्वकर्मा अहिले नेपाल फर्किएका छन् ।

रविनले मलेसियावाट नेपाल फर्केपछि पनि प्रहरीकहाँ आफु अन्यायमा परे भनेर पुगेको भएपनि प्रहरीले न्याय नदिएको बताएका छन् । त्यसपछि उनी अहिले मिडियामा सो घटना सार्वजनिक गर्दै आएका छन् । तीन वर्ष अघि मन्दिरमा गएर गैडाकोट नगरपालिका धारापानीकी युवतीसंग विवाह गरेको बताएका छन् ।

विवाह पछि उनले पढाई छोडेर सिलाई सिक्न भनेर माइत बसेको उनको भनाई छ । मलेसियावाट आएपछि श्रीमति लिन जाँदा ससुरालीले छोरी पठाएनन् । उनले ससुराकै नाममा पैसा पठाएको रसिद पनि प्रमाणका रुपमा राखेका छन् ।

श्रीमतिको गोर्खामा रहेको केटासंग प्रेम भएको र घर सल्लाहमै विवाह गराईदिएको आफुले थाहा पाएको बताएका छन् । श्रीमतिले विवाहमा आफुले दिएको गहना, ससुरालीको घर बनाउन भन्दै दिएको पैसा केही पनि फिर्ता नदिएको बताएका छन् ।

श्रीमतिलाई माइतमै बसेको भएपनि मलेसियावाट खर्चका लागि भनेर पैसा पठाएको बताएका छन् । गएको मंसिरमा विवाह भएको थाहा पाएको र फेसवुकमा आफ्नै श्रीमतिको अर्कैसंग विवाह भएको फोटो पनि देखेको बताएका छन् ।

Related Articles

Back to top button