समाचार

वेवारिसे श’वसँग खेल्दै आएका विनयजंग बस्नेतले बिहे गर्दै, यी हुन् उनकी प्रेमिका (भिडियो हेर्नुहोस्)

वेवारिसे श’व ब्यवस्थापनमा सक्रिय विनयजंग बस्नेतले बिहे गर्ने भएका छन् । उनीसँगै काम गर्ने पूजा विश्वकर्मासँग उनले बिहे गर्ने भएका हुन् । विनयले भने, ६ बर्षदेखि म उनलाई मन पराउँथे ।

पूजाले पनि उनको प्रेम स्वीकार गरिसकेकी छिन् । पूजा पनि बेवारिसे शव ब्यवस्थापनमै सक्रिय छिन् । उनीहरु दुबैले छिट्टै घरजम गर्ने योजना सुनाए । कुराकानीका क्रममा सपना आफ्नी छोरी भएको समेत विनयले बताए ।

विनय जंग बस्नेतले कुनै समय अत्यन्त खराब जीवन बाँचे । उनी आफैंलाई आफ्नो जीवन देखेर विरक्त लाग्थ्यो । ६ वर्षअघि उनले महसूस गरे, उनी जे गरिरहेका छन्, त्यो ठीक भइरहेको छैन ।

त्यसपछि उनी जीवन बदल्ने सोचमा लागे । न’शा बाट बाहिर निस्किए । अनि समाजसेवामा लागे । अहिले उनी आर्यघाटमा वा काठमाडौं तथा बाहिर पनि बेवारिसे रूपमा फालिएका शवहरूको व्यवस्थापन गर्न लागिपरेका छन् ।

Related Articles

Back to top button