समाचार

कालिमाटीमा श्रीमती हत्याको अभियोगमा २३ वर्षीय श्रीमान सुरज परियार पक्राउ

१९ पुस, काठमाडौं । काठमाडौंको कालिमाटीस्थित क्लब मार्गमा बस्ने २२ वर्षीया सुन्दास परियारको हत्या भएको छ । हत्यामा संलग्न रहेको अभियोगमा उनका श्रीमान २३ वर्षीय सुरज परियार पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी अपिलराज बोहोराका अनुसार घाँटी थिचेर हत्या गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो । सामान्य विवादका क्रममा श्रीमातीको हत्या गरेको पाइएको बोहोराले बताए ।

प्रहरीका अनुसार परियार यसअघि पनि ज्यान सम्बन्धी मुद्दामा पक्राउ परेर छुटेका व्यक्ति हुन् । उनीविरुद्ध ज्यानसम्बन्धी कसुरमा ५ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।

nayaonlinepatra

 

Related Articles

Back to top button