समाचार

उच्च रक्तचापले गर्दा दिमागको नसा फुट्यो, महराको जीवन रक्षाका लागि सहयोगको अपील

रोल्पा । अखिल भारत नेपाली एकता मंचका राज्य समिति सह–सचिब चन्द्र बहादुर महराकी धर्मपत्नी मनीषा महरा विगत डेढ महिनादेखि भरतपुरस्थित पुरानो मेडिकल कलेज ऋःक् मा उपचाररत छिन् । उनको ‘बीपी हाइ हुन गई दिमागको नसा फुटे पश्चात पक्षघात भएको हो ।

सुनिल स्मृती गाउँपालिका–४, बाग्मा घर भएकी मनिषा एक महिनाकी सुत्केरी थिइन् । सोही अवस्थामा मंसिर ७ गते एक्कासी टाउको दुखेपछि सुलचौरस्थित स्थानीय अस्पतालमा लगियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बुटलस्थित सिद्धबाबा हस्पितल पुर्‍याइयोे ।

उक्त हस्पिटलले समस्या जटिल भएको भन्दै मनिषालाई भरतपुर पुरानो मेडिकल कलेज रिफर गरेको थियो । टाउकाको नशा फुटेकाले तत्काल उनको अपेरेसन गरियो तर उनी पक्षघातको शिकार भइन् । एक महिनाकी सुत्केरी मनिषाका तीन छोरी छन् ।

हाल मनिषालाई थेरापीको काम भइरहेको छ । अहिलेसम्म झण्डै १० लाख बढी सकिएको श्रीमान् महरा बताउँछन् । समयको खेल मनीषालाई कुरेर बस्दा बस्दै मंगलबारदेखि उनी पनि सोही अस्पतालमा उपचारका लागि भर्ना भएका छन् । डाक्टरहरुले उनको लक्षणको आधारमा कोरोना हुनसक्ने बताएका छन् । पीसीआर टेष्ट रिपोर्ट आईनसकेको महरा बताउँछन् ।

महराले भने, ‘भएको अलिकति सम्पत्ति मनिषाकै उपचारमा सकियो, साथीभाई आफन्तहरुले व्यक्तिगत रुपमा केही सहयोग गरेका छन् । खर्च कति लाग्ने हो थाहा छैन, मसँग पैसा पनि सकियो, आफै विरामी भए, अब सहयोगकै भर भएको छ ।

कसैले सहयोग गरे मनीषा बाँच्थिन कि !’ उनले मधुर स्वरमा भने, ‘घरमा डेढ महिनाकी छोरी छिन्, भैसीको दुध खाएर बाँचेकी छिन्, मेरा छोरीहरुले आमा भन्न पाउँछन कि पाउँदैनन् थाहा छैन ।’

चार बर्षअघि मनिषाको दाहिने किड्नी खराब भएपनि निकालिएको थियो । डेढ महिनाअघि बुटवलस्थित आम्दा हस्पिटलमा अपरेसन गरी उनले छोरीलाई जन्म दिएकी थिइन् ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएको उनीहरुले सहयोगको अपिल गरेका छन् । चन्द्र महरालाई सहयोग गर्ने चाहनु हुने सहयोग मन भएका संघ/संस्था, सुभेच्छुकहरुले निम्न ठेगानामा सम्पर्क गर्न सक्नु हुनेछ ।

नेपालबाट सहयाेगका लागि :
ग्लोबल आईएमई बैंक सुलिचाैर शाखा खाता नं.: 820701 0003843

नाम : Champha Bahadur Mahara

Swift code : GLBBNPKA माेवाइल नं: 9849109045 /9806270135

फेसबुक लिंकः https://www.facebook.com/chandramahara.jaljal

भारतबाट सहयोग गर्न : खातावालाको नाम: NARAYAN PRASAD SHARMA

अकाउन्ट नम्बर : 457006365

बैंकको नाम: INDIAN BANK

आइअफ एस कोड : IDIB000M047

सम्पर्क नम्बर : 8939634660

फेसबुक लिंक : https://www.facebook.com/narayan.sharma.1420

तपाईको सानो सहयोगले कसैको ज्यान बाँच्छ भने तपाई नरोकिनुहोस् ।

Related Articles

Back to top button