खिया लागेको दुइटा नटबोल्ट के खुस्किएको थियो, पार्टी गतिका साथ अगाडि गयो : ओली
काठमाडौं १८ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहको आज आयोजित कार्यकर्ता भेला कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड -नेपाल समूहलाई भेट्नु कुहिएर झरेका फल भएको बताएका छन् ।
काठमाडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित जिल्लास्तरिय कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । कार्यक्रममा ओलीले भने, ‘समस्या कहाँ रहेछ ? खिया कहाँ लागेको रहेछ ? दुइटा नटबोल्ट फेर्दा गाडी अगाडि ।’हामीले फेरेको पनि होइन, आफैं फुक्लिए नटबोल्ट’ उनले हाँस्दै भने, ‘खिया लागेको दुइटा नटबोल्ट के खुस्किएको थियो, पार्टी गतिका साथ अगाडि गयो ।’
ओलीले अघि भने, ‘हामीले बनाएको हो पार्टी, हामी निवेदन हाल्न जान जरुरी छैन । भेट्नु कुहिएर झरेका दुइटा फलहरुले रुख नै मै हुँ भनेर दाबी गर्ने ?’ अघि भने, ‘अरु पनि केही साथीहरु बैठकमा आउनु भएको छैन । कारणहरु होला, आउन होला । हामी सम्झाउन खोजिरहेका छौं ।’
अलिअलि मान्छे त सिसीमा औषधि बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्ने भन्दै उनले भने, ‘उहाँहरुको हालत त्यो भन्दा बढ्ता हुने बाला छैन । किनकी उहाँहरुको एजेण्डा जनता होइन, संविधानको रक्षा होइन ।’