समाचार

कोरोना खोप ल्याउन सरकार गम्भीरताका साथ तयारी : केपि शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप ल्याउनका लागि सरकारले गम्भीरताका साथ तयारी गरिरहेको बताएका छन् । शुक्रबार बालुवाटारमा आयोजित बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले छिट्टोभन्दा छिट्टै भ्याक्सिन ल्याउन विषयमा छलफल भइरहेको बताए ।

नेपालीले कोरोनाको खोप कहिले पाउँछन् ? हामी कहिलेदेखि पहिलकै जस्तो ढुक्क भएर विद्यालय जान पाउँछौँ भन्ने विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन् । उनले निजी क्षेत्रलाई पनि भ्याक्सिन ल्याउन अनुमति दिने र सरकारका तर्फबाट पनि छिटो ल्याउने गरी तयारी भएको बताए ।

प्रधानमन्त्री ओलीले विश्व स्वास्थ्य संगठनबाट आफूहरुले कोभ्याक्स अन्तर्गतको खोप आउने भए पनि त्यो अलि ढिला हुने भएका कारण त्यो भन्दा अगाडि नै खोप खरिद गर्ने बताए । उनले खोप खरिद गर्दा विशेष गरेर छिमेकी मूलुकमा बनेका र नेपालको जस्तै हावा, पानी खानपिनमा प्रयोग र परीक्षण गरिएको भ्याक्सिनमा जोड दिएको बताए ।

Related Articles

Back to top button