कुवेती महिलालाई मृत्युदण्डको सजाय
गत बर्ष को डिसेम्बर २०१९ मा एक फिलिपिनी महिला लाई अलसवा अस्पतालमा शंकास्पद रुपमा भर्ना गरिएको थियो । उनको शरिरभरी गंभिर चोटपटक भएको कारण उनको अस्वभाविक मृत्युका लागि छानविन शुरु भयो ।
पोस्टमाटम रिपोर्ट अनुसार फिलिपिनी कामदारलाई कुटपीट गर्नुभन्दा पहिले धेरैचोटी यौन षोषण गरेको कुरा सार्वजनिक गरेको र त्यस्तै उक्त मृत्यु हुनुभन्दा केही पहिले पनि उक्त घरायसी कामदारले आफ्नो स्पोन्सर र रोजगारदाता लाई धेरै चोटि घर पठाउन आग्रह गरेकी थिइन । तर उनको कुरा कसैले सुनेको थिएन । रिपोर्टले यो पनि प्रस्ट पारेको छ कि रोजगारदाताका दाजुभाई आन्तरीक मन्त्रालयमा काम गर्ने भएकोले पीडीत को अपील प्रारम्भीक अदालतले अस्विकार गरेको थियो ।
यो सजाय संगै कुवेतका लागि फिलिपिन्सका राजदूत महामहिम नूरदीन पेन्डोसिना लोमन्डोटले भने कि “हामी परिवार र फिलिपिन्सका मानिसहरूसँगै भिभान्डेको मृत्युको लागि न्याय पाउने आशा राखेका थियौ, जुन कुवेत सरकारले पूरा गरेको छ । हामी हाम्रो कानुनी सल्लाहकार शेखा फौजियाह साबह, विदेश मामिला सचिवलाई धन्यवाद दिन्छौं। टेडी लोक्सिन र फिलिपिन्सका राष्ट्रपति रोड्रिगो महामहिम रोआ दुतेर्तेले उनीहरूलाई यो मुद्दा जित्न सहयोग पुर्याएका थिए ।
स्रोत: रिकी लक्सा