समाचार

किसानलाई पैसा नतिर्ने लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल प’क्राउ

वीरगन्ज,१६ पुष । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल बिहीबार बिहान वीरगन्जबाट प’क्राउ परेका छन् ।

सरकारले किसानको पैसा नदिने मिल सञ्चालकलाई प’क्राउ गरेर कार’बाही अगाडि बढाउन निर्देशन दिएपछि महानगरीय अपराध महाशाखा,बानेश्वरकोले पर्सा प्रहरीसँग समन्वय गरी उनलाई प’क्राउ गरेको हाे । लुम्बिनी चिनी मिलकाे सबै कारोबार अग्रवालमार्फत् हुने गरेको जनाइएको छ ।

लुम्बिनी चिनी मिलले उखु किसानको करिब १६/१७ करोड भुक्तानी दिन बाँकी रहेको छ। पक्राउ परिसकेपछि उखु किसानलाई दिन करिब अग्रवालले १ करोड रुपैयाँ जम्मा गरिसकेकाे बताएका छन् । अहिले साेधपुछका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएकाे छ ।

उनीविरु’द्ध नवलपरासीमा उखु किसानको उजुरी छ । अग्रवालमाथि थप अनुस’न्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button