समाचार

११ वर्षका बालक जसले एक वर्षमा ३ अभिभावक गुमाए

काठमाडौं । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं ११ का युवराज कुमाल अहिले एक्लिएका छन् । उनले एकै वर्षमा तीन अभिभाव गुमाए । एक वर्षमै बुवा, हजुरवुवा र हजुरआमालाई गुमाएपछि आमाको संरक्षणमा रहेका उनीहरुको जिवन निकै कठिन भएको छ ।

अन्य चार छोराछोरी पनि रहेकाले उनको आमाले मात्र पालन पोषण गर्न सक्ने अवस्था छ्रन । आमा गोमतीले छिमेकीमा मागेर गुजारा चलाएकी थिइन् । तीन अभिभावकको मृत्यु भएपछि अभिभावक विहिन बनेका १२ वर्षीय बालक युवराज कुमाललाई जापान र पोल्याण्डबाट आर्थिक सहयोग गरिएको छ ।

ऐक्यबद्धता मासिक तथा संसारन्युजकी प्रबन्ध सम्पादक तथा सोलिडारिटी ट्रष्टकी अध्यक्ष चन्द्रिका राना थापा (चन्दा) को पहलमा जापानमा रहेका नारायण स्टेभेन्टले छोरीको जन्मदिनको अवसर पारेर १० हजार ६५० रुपैयाँ र पोल्याण्डबाट मित्रलाल पार्देले २० हजार रुपैयाँ गरी जम्मा ३० हजार ६५० रुपैयाँ आर्थिक सहयोग पठाइएका हुन् ।

उक्त रकम सोमबार (पुस १३ गते) युवराजकी आमा सोमती कुमालको नाममा एनआइसी एसिया बैंक मुगु साखामा रहेको खाता नं मा ८१८७९५१२३६४५२४०१ पठाइएको हो ।

थापाकै पहलमा यसअघि पनि अमेरिकाबाट समाजसेवी सवि थापाको पहलमा संकलन गरिएको १ लाख रुपैयाँ पत्रकार महासंघ मुगु साखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लद्धारा हस्तान्तरण गरिसकिएको छ ।

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं ११ का युवराज कुमालको हजुरबुवा, बुवा र हजुरआमाको एकैवर्षमा मृत्यु भएपछि उनी अभिवभावक बिहिन बनेका थिए । आमा सोमती कुमाल एक्लैले छिमेकी तथा माइतीबाट मागेर ४ छोराछोरीको लालन पालन गर्दै आएकी छन् । उनीहरुको शिक्षा दिक्षाका लागि उक्त रकम सहयोग गरिएको हो ।संसार न्युजको सहयोगमा

Related Articles

Back to top button