समाचार

राष्ट्रपतिसंग नाम जोडेर अमर्यादित नारा लगाएको विषयमा बोले ओली, प्रचण्ड नेपाललाई दिए यस्तो चेतावनी (भिडियो हेर्नुस्)

काठमाडौ । संसद विघटन पछि नेकपाकै एक समुह त्यसको विरुद्ध सडक संघर्षमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरेसंगै नेकपाकै अर्का नेता पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्ष सडकमा उत्रिएको हो । यद्धपी दुवै समुहले नेकपा नै दावी गरेका छन् । ओली समर्थकले संसद विघटनको समर्थन गरेका छन् भने प्रचण्ड नेपाल समुहले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।

तर गत मंगलवार प्रचण्ड नेपाल समुहले गरेको आन्दोलनका क्रममा राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्यक्तिगत रुपमा अति निकृष्ट शब्द प्रयोग गर्दै नारावाजी गरेपछि त्यसको चर्को विरोध भएको छ । सामाजिक सञ्जालमा त्यस्ता नारा विरुद्ध आवाज उठाउन माग गरिएको छ । अखिल नेपाल महिलासंघले पनि विज्ञप्ती जारी गर्दै त्यस्ता शब्दको विरोध गरेको छ ।

त्यस्ता नारा लाग्दा जुलुसको नेतृत्व गर्ने नेताहरुलाई पनि जवाफदेही हुन माग गरेको छ । साथै अमर्यादित नारा लगाउने कार्यकर्तालाई कारवाही गर्न आवाज उठाएको छ । प्रधानमन्त्री ओलीले आफ्ना पक्षका नेताहरुसंगको भेलामा पनि सो विषय उठाएका छन् ।

उनले सडकमा लागेका नाराहरुवाट प्रचण्ड नेपालको महिलालाई हेर्ने दृष्टिकोण कस्तो रहेछ भन्ने प्रष्ट भएको बताएका छन् । उनले लोकतन्त्र र गणतन्त्रका विषयमा पनि प्रचण्ड नेपालको धारणा के हो भन्ने कुराको आँकलन उनीहरुले लगाएको नारावाट बुझ्न सकिने बताएका छन् । सुदुरपश्चिमका आफु समर्थित नेता कार्यकर्ताहरुको भेलामा उनले यस्तो अभिब्यक्ति दिएका हुन् ।

Related Articles

Back to top button