समाचार

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, पुष १७ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

पुष १७ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दाजुभाई तथा छिमेकिहरुसँग आन्तरिक बिषयमा मनमुटाव बढ्नेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईंको पक्षमा नहुन सक्छन्, ध्यान दिनुहोला । माया प्रेममा सामान्य मनमुटाव तथा पति पत्नी बीच अबिस्वास बढ्न सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समाजमा राम्रा काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पारिवारिक माहोलामा जभघट भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा थोरै लगानी गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा ध्यान नजादा नतिजा बिग्रन सक्छ, ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
तपाईँको चुम्बकिय ब्यात्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुनेछन् । पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । सहयोगिहरुबाट आर्थिक लाभ हुनेछ । राजनीति तथा सामाजिक काममा जनताको समर्थन प्राप्त हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आज गरिने काममा बाधा तथा अवरोध हुनेछ । नयाँ ठाउँमा लगानी गर्नको लागी समय मध्ययम रहेको छ । सामान हराउने वा चोरी हुने सम्भावना रहेकोले सचेत रहनुहोला । नियमित खर्च समेत बढ्ने तथा स्वास्थ्यमा समस्या आउन सक्छ । सवारी साधनको प्रयोग गर्दा वा बाटो काट्दा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आर्थिक रूपमा सबल हुने तथा आर्थिक कारोबारमा गतिशीलता आउने छ । विपरीत लिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । प्राकृतिक स्रोत साधनको प्रयोग गरि आम्दानी बढाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
राम्रा काम गर्दा गर्दै बिपक्षहरुले अनावस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् । कार्य क्षेत्रमा काम बिग्रने तथा आलोचनाको शिकार हुनुपर्दा मान सम्मानमा आघात पुग्नेछ । व्यापारमा भने जस्तो आम्दानि नहुनाले दैनिकी प्रभावित हुनेछ । प्रेम सम्बन्धमा सामान्य खटपट हुन सक्छ, ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
धार्मिक र सामाजिक काममा समय व्यातित हुँदा मन प्रशन्न हुनेछ । अध्ययनमा मन जाने तथा दार्शनिक विषयवस्तुमा मन केन्द्रित हुनेछ । व्यावसायमा समय लगानी गरि लाभ लिन सकिनेछ । खानपिनका परिकार प्राप्त हुने तथा परिवारका साथ रमाईलो वातावरणमा दिन व्यातित गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारि चलाउदा ध्यान दिनुहोला, दुर्घटना नहोला भन्न सकिन्न । मध्यान्हबाट लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । धार्मिक पुस्तक अध्ययन गरि बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समय मध्ययम रहेकोले अनावश्यक काममा अलमल हुनेछ । खानपान, मानोरञ्जन तथा बिलाशी बस्तुको सोखले खर्च बढ्ने योग रहेको छ । आफन्तलाई दिईएको वचन पुरा गर्न नसक्दा आलोचित भइनेछ । साझबाट समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा सन्तानको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बिहानको समय मध्ययम रहेकोले अध्ययनमा मन जाने छैन भने प्रतिस्पर्धीहरु हावी हुनेछन् । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा घरपरिवारका साथ मिष्ठान्न भोजन गर्दै समय व्यातित गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सवारी साधन तथा भौतिक सम्पती लाभ हुने योग रहेको छ । आफन्त तथा सन्तानले प्रगती गरि तपाईँलाई सम्झिनेछन् । व्यापारिक माहोलमा दिन बित्ने तथा व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । पढाइ लेखाइमा अरु दिन भन्दा सुध्रियर जानेछ । मिठा मिठा परिकारका साथ रमाउन सकिने छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आत्मिय साथि तथा आफन्तसँग मनमुटाब बढ्नेछ भने आमा तथा आमा सरहका मानिससँग बिवाद बढ्ने योग रहेको छ । घरजग्गा तथा सवारी साधनको कारोबारमा विवाद हुने योग रहेकोछ । व्यापार व्यावसायमा नाँफा कमाउन प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

Related Articles

Back to top button