समाचार

शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइराला चुनावमा भाग लिने, “हिन्दूराष्ट्र” पूनस्र्थापनाको सहमति

काठमाडौं, १५ पुस । प्रमुख” प्रतिपक्षी दल नेपाली कांग्रेस आगामी वैशाख १७ र वैशाख २७ गते गरि दुई चरणमा गर्नेगरि घोषणा भएको निर्वाचनमा भाग लिनेगरि आन्तरिक तयारीमा जुटेको छ ।

यसको पुष्टि सभापति “शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइरालाबीच भएको भेटवार्ता र सहमतिले गरेको छ ।

यही सोमबार देउवा निवास “बुढानिलकण्ठमा सभापति देउवाले र महामन्त्री कोइरालाबीच छलफल भएको थियो । उक्त छलफलमा निर्वाचनमा जानेबारेमा सहमति भएको स्रोतले जनाएको छ ।

भेटमा सभापति देउवा र “महामन्त्री कोइरालासँगै प्रभावशाली नेता तथा सांसद डा. मिनेन्द्र रिजालको पनि सहभागिता थियो । देउवाले उक्त भेटमा अब कुनैपनि हालतमा संसद पूनस्र्थापनाको मु,द्दा बोक्न नहुने भन्दै बरु १६५ निर्वाचन क्षेत्रमा आयोजित विरोधसभालाई चुनावी प्रचारको रुपमा उपयोग गर्नुपर्ने धारणा राखेका थिए । देउवाको प्रस्तावमा महामन्त्री कोइराला सहमत भएका थिए ।

चुनावमा जाँदा अब हिन्दूराष्ट्र” पूनस्र्थापनाको एजेण्डा बोक्नुपर्ने कोइरालाको प्रस्तावमा सभापति देउवा पनि सहमत भएको बुझिएको छ । कांग्रेसमा सुरुवातदेखि नै महामन्त्री कोइराला हिन्दूराष्ट्रको पक्षमा वकालत गर्दै आएका छन् । /ReportersNepal।बाट ।

Related Articles

Back to top button