सपना नदेखे हुन्छ प्रतिनिधिसभाको पुर्नस्थापना गर्छु भन्ने : प्रधानमन्त्री ओली
काठमाडौं, १५ पुष । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले”प्रतिनिधिसभा पुनस्र्थापना हुन नसक्ने प्रष्ट पार्नु भएको छ ।
आफू पक्षका सुदूरपश्चिम, प्रदेशका कार्यकर्ताहरुको भेलामा प्रधानमन्त्री ओलीले संविधान अनुसार नै प्रतिनिधिसभा विघटन भएकाले पुनस्र्थापना नहुने बताउनुभयो
उहाँले आफू बहुमतको” दलको नेता भएका कारण सिफारिस गरेको भन्दै संविधान अनुसार नै राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको बताउनुभयो । यस्तो अवस्थामा अब पुनस्र्थापना गर्न नमिल्ने समेत तर्क गर्नुभयो ।
उहाँले दाहाल र नेपाल” पक्षले आफूलाई जनताको भावना अनुसार काम गर्न नदिएका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ अनुसार ६४ प्रतिशत बहुमत भएको दलका नेताको सिफारिसमा प्रतिनिधिसभा विघटन “भएकाले यसको पुनस्र्थापनाको सपना नदेख्नु भन्दै।कल्पना गर्न नसकिने दाबी गर्नुभयो ।
यो पनि हेर्नुस् ।
“माधव,कुमार नेपाल प्रचण्डको कार्य,कर्तामा सीमित”
“प्रधानमन्त्री ओलीले अब नेपालमा गणतन्त्र, लोकतन्त्र र संविधानलगायतका उपलब्धि खतरामा नपर्ने उल्लेख गर्नुभयो । उहाँले दाहालले सत्तामात्रै खोजेको र वरिष्ठ नेता नेपालले जहिल्यै सम्मानमात्रै “खोजेको मुलुकको हित नदेखेको ओलीको भनाइ थियो ।
माधवकुमार नेपालले “आफुलाई पदलोलुप नभएको दावी गर्नु हाँस्यास्पद भएको उल्लेख गर्दै नेपाल उधारोमा हुन्न हाताहाती पद चाहिन्छ भन्ने पदलोलुप भएको आरोप पनि लगाउनु भयो ।
नेपालको हैसियत” अहिले प्रचण्डको कार्यकर्तामा सीमित भएको बताउँदै प्रधानमन्त्री ओलीले मंगलबार विरोधसभामा गरेको सम्बोधन सुन्दा प्रचण्ड र नेपालको महिलाप्रतिको नजर पनि छर्लङ्ग भएको बताउनुभयो ।
mechimahakali.net