समाचार

एक साता देखि लागेको पाथिभरा क्षेत्रको आगो झन् नियन्त्रण बाहिर, मन्दिर परिसर मै आइपुग्यो (भिडियो हेर्नुहोस)

विगत एक साता देखि पाथीभरा क्षेत्रको जंगलमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिर आसपास मै आगो लागे पनि छिट्टै सल्किने झाडीलाई सफाई गरेको साथै अग्नि रेखा बनाएकाले पाथीभरा मन्दिर भने अहिले सम्म सुरक्षित रहेको छ ।

आगो थप फैलन नदिनका लागि नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, पाथीभराका कर्मचारी र स्थानीयले प्रयास गरिरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले बताउनुभयो । अहिले फुङ्लिङ नगरपालिका वडा नं–११ फावाखोलामा पर्ने पाथीभरा सिम्बू सामुदायिक वन र सिरीजंगा गाउँपालिका वडा नं–३ सिकैँचाको सुनपाति सामुदायिक वनमा डढेलो फैलिएको छ ।

बन क्षेत्रमा रहेको गुराँस तथा सल्ला जस्ता काँचै बल्न सक्ने प्रजातिका बिरुवा भएकोले डढेलो नियन्त्रणमा लिन झनै समस्या भएको स्थानीयको बुझाई छ । उच्च पहाड, सुख्खा क्षेत्र तथा पानीको समस्या रहेकोले बिकल्पको रुपमा पाथीभरा देवी मन्दिर संरक्षण तथा संर्वद्धन समितिको समन्वयमा हेलिकोप्टर प्रयोग गरी डढेलो नियन्त्रणमा लिने प्रयास समेत गरिएको थियो । तर आगो नियन्त्रणमा आउन सकेको छैन ।

अहिले आगो सल्किएर पाथिभरा मन्दिर परिसरमा आगो र धुवाको मुस्लो देख्न सकिन्छ । आज पाथिभरा मन्दिर परिसरमा खिचिएको भिडियो हेर्नुहोस ।

Related Articles

Back to top button