प्रेम असफल भएपछी एनआइसी एशिया बैंकका कर्मचारीले बैंककै भवनमा गरे देहत्याग !
कन्चनपुर । एनआइसी एशिया बैंकका कर्मचारीले दे हत्याग गरेका छन् । सिन्धुलीकमलामाइ नगरपालिका-१४ रानिबाँस घर भएका धिरज न्यौपानेले कन्चनपुरको शाखामा झु न्डि एर दे हत्याग गरेका छन्।
उनले बैङ्क रहेको घरको तेस्रो तलामा झु न्डिएर देहत्याग गरेका हुन् । उनले देहत्याग गरेको कोठामा सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको कार्यालय रहेको छ।
देहत्याग कारण भने उनको टुटेको प्रेम भएको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । उउनको खल्ती बाट ‘सु साईड’ नोट भेटिएको छ जसमा आफूले एक युवतीलाई साँचो प्रेम गरेको र प्रेममा असफल भए पछि देहत्याग गरेको लेखिएको छ ।
आइतबार बिहान ८३० बजे आफ्नो भाउजू सँग फोनमा सम्पर्क गरेका उनले ९ बजे पछि दे हत्याग गरेको प्रहरीको भनाइ छ । अहिले उनको शवलाई पोस्टमार्टमको लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ भने देहत्याग बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए।