समाचार
राष्ट्रपतिलाई मानसम्मान कम भएको भन्दै केपी ओलीले चित्त दुःखाए
काठमाडौं १५ पुस– प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मान नगरेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहप्रति कटाक्ष गरेका छन् ।
ओलीले प्रचण्ड–नेपाल समूहले राष्ट्रपतिविरुद्ध मंगलबार राजधानीको सडकमा नारा लगाएकामा आपत्ति जनाएका हुन् ।
‘उहाँहरुको महिलाहरुप्रतिको दृष्टिकोण के रहेछ । गणतन्त्र संस्थाप्रतिको मान सम्मान के रहेछ ?’, ओली पक्षधर सुदूरपश्चिमका कार्यकर्ताको भेलालाई बुधबार राजधानीमा सम्बोधन गर्दै उनले भने, ‘सडकमा नारा लगाउने क्रममा छताछुल्ल भएको छ, मैले त्यसमा केही भन्नु पर्दैन ।’
प्रधानमन्त्री केपी ओलीलाई असंवैधानिक रुपमा संसद विघटन गर्न सघाएको भन्दै राष्ट्रपतिको चौतर्फी आलोचना जारी छ ।