पर्वतमा जीप दुर्घटना,२३ वर्षीया कौशिलाले ज्या’न गुमाइन्
पर्वतमा जीप दुर्घटना,२३ वर्षीया कौशिलाले ज्या’न गुमाइन्
काठमाडौ । जलजला गाउँपालिका वडा नं ९ बनौँमा आज जीप दु’र्घट’ना हुँदा एक युवतीको मृ’त्यु भएको छ । दुर्घटनाका क्रममा घाइते भएकी जलजला–६ शालिजाकी २३ वर्षीया कौशिला पुर्जाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृ’त्यु भएको हो ।
कुश्मा–बनौँ सडक खण्डअन्तर्गत ग २ च ६३७९ नंको जीप दुर्घटना हुँदा जीपमा सवार तीन जनामध्ये पुर्जाको उपचारका क्रममा मृ’त्यु भएको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ । जीपका सवारी चालक जलजला–८ नाग्लिवाङका पुर्षोत्तम चापागाई, वडा नं ९ बनौँ घर भई सोही जीपका सहचालक यमन गर्बुजा सामान्य घाइते छन् । उहाँहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
सडकमा गुडिरहेको जीप सडकबाट करिब २०० मिटर तल पुगेर भिरमा रहेको रुखमा अल्झिएको अवस्थामा रहेको छ । रुखका कारण ठूलो दुर्घटनाबाट जोगिए पनि उपचारका क्रममा युवतीको मृत्यु भएको जलजला–९ का वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।