हार्दिक बधाई ! क्याम्पस पढ्ने २१ वर्षीया युवती कलिलो उमेरमा बनिन् उनी मुलुककै कान्छी मेयर !
एजेन्सी । क्याम्पस पढ्ने २१ वर्षीया आर्य राजेन्द्रन भारतको सबैभन्दा कान्छी मेयर बन्ने भएकी छन् । उनी मेयर बन्ने सम्भावना लगभग पक्का भएको छ । उनी केरलाको राजधानी तिरुवनन्तपुरमको नयाँ मेयर बन्ने बताइएको छ । आर्या एक कलेज विद्यार्थी हुन् जसले यसपटक नगरपालिकाको चुनाव जितेकी छन्। भारतको मार्क्सवादी कम्युनिष्ट पार्टी (सीपीएम) को तिरुवनंतपुरम जिल्ला इकाईले २१ वर्षकी आर्य राजेन्द्रनको नाम मेयर पदका लागि सिफारिस गरेको छ।
यस सिफारिसलाई राज्य समितिले स्वीकार गरे उनी मेयर बन्नेछिन् । यसको अन्तिम घोषणा छिटै हुने बताइएको छ । आर्य सीपीएमको एक लोकप्रिय सदस्य हुन्। स्रोतका अनुसार प्रारम्भमा परिचालकडा वडाको पार्षद र वरिष्ठ नेता जमिला श्रीधरनलाई मेयर बनाउने कुरा भइरहेको थियो तर अन्ततः पार्टीले युवाहरुलाई यस पदमा राख्नुपर्ने निर्णय गर्यो।
आर्या राजेंद्रन तिरुवनंतपुरम नगरपालिका चुनावमा मुडावंमुगल वार्डबाट काउंसिलरमा निर्वाचित भएकी छन् । उनलाई मेयर पदमा नियुक्त गर्ने निर्णइ सीपीएमको जिला प्यानलले लिएको हो । आर्याले पार्टीले जुनसुकै भूमिका देएि पनि आफू तयार रहेको बताएकी छन् । आफूले मेयरको जिम्मेवारी पाए महिलाको मुद्धा पहिलो प्राथमिकता हुने त्यसपछि विकाससँग सम्बन्धीत हुने बताएकी छन् ।