काठमाडौंमा पठाओ कार्यालय तोडफोड गर्नेलाई मुद्दा लगाइँदै, सबै राइडर सधैंका लागि ‘सस्पेन्ड’ गरिने
काठमाडौं – काठमाडौंको बानेश्वरस्थित पठाओको कार्यालयमा राइडरहरूले तो’डफो’ड गरेका छन् । केही समयदेखि कम्पनीविरुद्ध आन्दोलत गर्दै आएका राइडरहरुको एक समूहले कार्यालयमा तोडफोड गरेको हो ।
प्रहरीका अनुसार कम्पनी र आन्दोलनरत पक्षबीच वार्ता भएर सहमति जुटेको र त्यसबारे निर्णय सुनाउन लाग्दा एक समूहले तो’डफो’ड गरेको हो । असन्तुष्ट समूहले राइडरलाई कुनै सेवा सुविधा नदिएको, राइडरको कमिसनमा ठगी गरेको तथा आफूखुसी निर्णयहरु गर्ने गरेको भन्दै आरोप लगाइरहेका छन् । प्रहरीले तो’डफो’डमा संलग्न भएको आरोपमा केही युवालाई प्रकाउ गरेको छ ।
आन्दोलतरत राइडरले राइडर र यात्रुको अनिवार्य बीमा हुनुपर्ने, राइड शेयरिङ्ग बापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरलाई निलम्बन गर्नुपूर्व कम्पनीबाट जानकारी दिनुपर्ने, कस्टमर केयर नम्बर टोल फ्री हुनुपर्ने, बिपिजी सस्पेन्ड हटाउनुपर्ने, स्पेन्ट रेकर्ड राख्नुपर्ने, राइडर र युजर प्यासेन्जर दुवैले राइड क्यान्सिल गर्न मिल्ने लगायतका मागहरु राखेका छन् ।
यहि घटनालाई लिएर पठाओ कार्यालय तोडफोड गर्ने सबै राइडरलाई प्रहरीले मुद्दा चलाउने तयारी थालेको छ। पहिला स्थिति सामान्य भएर वार्ताको वातावरण बने पनि पछि एकाएक राइडरहरूले ढुंगा र इँट्टाले कार्यालयमा तोडफोड गरेका हुन्। तोडफोडबाट कार्यालयका प्रायः सबै झ्यालका सिसा फुटेको छ। भित्र कति क्षति भयो, यकिन भएको छैन।
सिसी टिभी क्यामराको मार्फत सबै राइडरलाई पहिचान गरि उनीहरूलाई पठाओबाट सधैंका लागि सस्पेन्ड गर्ने तयारी भैरहेको जानकारी दिएका छन् । गत पुस ६ गते पेस गरेको मागपत्रको उत्तर पुस १३ गतेसम्म पनि नआएको भन्दै सामूहिक रूपमै पठाओ त्यागको घोषणा गरेर कम्पनीमाथि ढुं’गा’मु’ढा र तो’डफो’ड गरेका हुन्।
पठाओले भने आज बिहान १० बजे आफ्नो तर्फबाट स्पष्टीकरण दिएको थियो।