समाचार
मेरो पहिलो काम प्रचण्डको भ्रष्टाचार र माधव नेपालको ललिता निवासको फाइल खोल्ने : पूर्व गृहसचिव प्रेमकुमार राई
काठमाडौं। पूर्व गृहसचिव प्रेमकुमार राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिश भएको खुलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाएका पूर्व सचिव राइको अख्तियारमा प्रवेशले राजनीतिक र प्रशासनिकवृत्तमा तरंग ल्याएको छ।
राईको नाम सिफारिश भएलगत्तै उनको नाममा एउटा एकाउन्टबाट कठोर कदम चाल्नेसहितका ट्वीटहरु धमाधम गरिएका छन् । जसमध्ये पहिलो ट्वीटमा भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा काप्ने छैन भनिएको छ।
त्यसपछि आफ्नो पहिलो काम क्यान्टोनमेन्टको भ्रष्टाचारको फाइल र ललितानिवासको फाइल खोल्ने हुने उल्लेख छ । त्यसपछि निवर्तमान प्रचण्डकि बुहारी बीना मगरको खानेपानी मन्त्रालयमा चरम भ्रष्टाचार भएको ट्वीट गरिएको छ । तर, जानकारीमा आएसम्म यो ट्वीटर एकाउन्ट प्रेमकुमार राईको आफ्नै होइन । यो कसैले बनाएर प्रयोग गरिरहेको आशंका गरिएको छ।