राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर के भनिन् सपना रोका मगरले
बुटवलका मन्दिर, प्रहरी चौकीको प्रतिक्षालय, ट्राफिक चोक, चौराह । कुनै बेला यतै भेटिन्थिन् उनी । १५ वर्षकै उमेरमा जीवनका तीता भोगाइले उनलाई सडकमा पुर्यायो । आकाशलाई छानो जमिनलाई ओछ्यान बनाएर बुटवलका गल्ली र चोकहरुमा उनले तीन महिना बिताइन् । सानो उमेरमै सडकको जिन्दगी भोगेकी उनी हुन् सपना रोका मगर ।
आज उनै सपनाले सफलता प्राप्त गरेसँगै नेता देखि ठुलाठुला मान्छेसँग भेटघाट कार्यक्रम आज भोली उनलाई सामान्य र भ्याइनभ्याइ छ। भेटघाट कार्यक्रममा आज सपनाले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
रास्ट्रपतिसंग भेटेर बेवारिसे बेसहाराहरुको उचित किसिम को व्यवस्थापन साथै सरकारबाट मानवसेवाको लागि छुटिएको बजेत सहि ठाउँमा सदुपयोग भएको छ छैन ध्यान दिनको लागि आग्रह सहित स-साना ना’नी मा’थि हु’ने ब’ ला ‘त्का र को वि’षयमा ध्यान दिनको लागि अनुरोध गरेकि छिन् ।
हेर्नुहोस के लेखेकी छिन् फेसबुकमा
आज रास्ट्रपति ज्यु संग भेटेर बेवारिसे बेसहारा हरुको उचित किसिम को व्यवस्थापन साथै सरकार बाट मानवसेवा को लागि छुटिएको बजेत सहि ठाउँ मा सदुपयोग भएको छ छैन ध्यान जाओस।
र महिला रास्ट्रपति भएका देश मा किन हा’म्रै स-सा’ना बा’लि’का हरु ब* ‘ला’ त्का’ र भएर म’र्नु परेको छ , संसद बिधटन मा रास्ट्रपति को सकारात्मक भुमिका लगाएत का केही कुरा हरु राखेर आएको छु। आश छ पक्कै पनि मनन गरिदिनु हुने छ ।
यो पनि पढ्नुहोस्
दिनभर टोलाइरहन्थिन् सपना । चिच्याएर रुन खोज्थिन् तर आवाज भित्रै हराउँथ्यो । के भइरहेको छ, सोच्न सक्ने अवस्था थिएन । भोकै रात काट्थिन् । शरीरमा पाइन्ट, टिसर्ट अनि ज्याकेट । लगलग काम्दै जाडोको त्यो समय एकै ठाउँमा नबोली बस्थिन् । ओठबाट हाँसो खोसिएको थियो । बोली बन्द भएको थियो । कसैले बोलाउँदा पनि झसंग हुन्थिन् । कतै परबाट बोलाएझैं कानमा अरुको बोली ठोकिन्थ्यो । निन्द्रा हराएको थियो । दया गरेर कसैले दिएको खानाले पेट भर्थिन् ।
त्यो पनि नपाउँदा ६/७ दिनसम्म भोकै बस्थिन् । भोकले रन्थनिँदा मनमनै कसैले एक छाक दिए हुन्थ्यो भन्ने प्रार्थना गर्थिन् । पानी पिएरै भोक मेट्न खोज्थिन् । अनि सानो डायरीमा कलमले कोरिबस्थिन् । दिनभर सडकमै बिताए पनि रातमा प्रहरी चौकीको प्रतिक्षालय पुग्थिन् उनी । कारण, कसैले गलत नजरले हेरे प्रहरीलाई गुहार्न सकिन्छ भन्ने विश्वास थियो उनलाई ।
‘सडकमा जीवन बिताउने छोरी मान्छेलाई हेर्ने दृष्टिकोण फरक हुन्छ । चौकी बाहिर रात कटाए, केही भयो भने प्रहरी चौकीमा प्रहरीहरु त हुनुहुन्छ भन्ने हुन्थ्यो,’ सडकको जीवन सम्झँदै सपना सुनाउँछिन्,’ढोकामा उभिने एकजना प्रहरी दाइले सँधै मलाई हेरिरहनुहुन्थ्यो । साँझ पर्नेबित्तिकै आइपुग्छ, कसको छोरी होला, कहाँबाट आइन् होला भन्ने सोच्दो हो ।’
एकदिन सपनालाई सहनै नसक्ने भोक लाग्यो । बिस्कुट के खान लागेकी थिइन् उनको ध्यान छेउमै रोइरहेको अनाथ बच्चातिर गयो । आफूले खाँदै गरेको बिस्कुट त्यो बालकलाई दिइन् । त्यतिखेर झल्याँस्स म्याग्दीमा रहेका आमाबुबाको झल्को आयो । ‘धेरै याद आयो उहाँहरुको । कान्छी छोरी मलाई घरमा सबैले धेरै माया गर्नुहुन्थ्यो । खाना नखाँदा जबरजस्ती खुवाउनु भएको दिनको याद आयो,’ सपनाले सुनाइन् । त्यसपछि सपनाले सडक छोड्ने निर्णय लिइन् । सोचिन्, ‘म यस्तो मान्छे त होइन, के बिग्रेको छ गल्ती सबैले गर्छन् । मैले मेरो गल्ती सुधार्नुपर्छ ।’ त्यसपछि उनले आत्मविश्वास बढाएर सडकको जिन्दगी त्यागिन् ।
विद्यालय पढ्दै गर्दा सपनाको हातमा मोबाइल पर्यो । कक्षा ९ मा फेसबुक खोलिन् । नयाँ साथीहरु भेटिन् । नराम्रो साथी संगतमा रमाउन थालिन् । २०७३ मा श्री महेन्द्र रत्न उच्च माध्यमिकबाट एसएलसी दिएर कलेज पढ्न बेनी आइन् । भर्चुअल संसारमै रमाउन थालिन् उनी ।
फेसबुकबाटै भेटेको एक व्यक्तिसँग बिहेको सम्बन्ध गाँसियो । तर, त्यो सम्बन्धलाई बिहे मान्दिनन् उनी । ‘बिहेकै रुपमा त्यसलाई लिँदिनँ । कसैको जिन्दगी सपार्न कसैको जिन्दगी प्रयोग गरिएको थियो । म प्रयोग भएँ त्यो ठाउँमा,’उनले सुनाइन्,’घर परिवार कसैले सुधार्न नसकेको व्यक्तिलाई बिहे गरिदियो भने सुध्रिन्छ भन्ने उसको परिवारलाई लाग्थ्यो । त्यो परिबन्धमा सम्बन्ध जोडियो ।’
त्यतिबेला उनलाई पनि सुधार्न सक्छु भन्ने लागेको रहेछ । तर, एकअर्काप्रति कदर नभएपछि तीन महिनामै सम्बन्ध टुट्यो । त्यो बेला ‘विवाह’लाई खैलौनाको रुपमा लिइएको उनी सुनाउँछन् । सम्बन्ध टुटेपछि म्याग्दी फर्किन् उनी । आमाले बिहे भएको छोरी पतिकै घरमा बस्नुपर्ने सल्लाह दिएपछि उनी फेरि त्यो सम्बन्धमा फर्किन् । २ वर्षअघिको तीजमा घर फर्कँदा उनीमाथि नराम्रो व्यवहार गरियो । यातना दिइयो ।
त्यो सम्बन्ध टुटेपछि उनको मनमा मर्ने सोचहरु मात्र आउन थाल्यो । धेरै पटक आत्महत्याको प्रयास गरिन् । जीवनदेखि हारेर कहिले पङ्खामा पासो लगाइन् त कहिले छतको डिलमा आँखा बन्द गरेर हिँडिन् । तर, उनको मर्ने हर प्रयास असफल भयो । त्यसपछि हो सपना सडकमा आएको ।
समाजले अनेक कुरा गर्थे । सेतो कापीमा लागेको दागझैं आफ्नो जिन्दगीमा त्यो सम्बन्धले बनाइदिएको दागले उनलाई अर्धपागल नै बनायो । ‘फ्रस्टेसनजस्तो आखिर के नै गर्न सकें र भनेर धेरै टोलाउँथे । डिप्रेसनजस्तो अनुभव। गाह्रो भयो बाँच्न,’ सडक जीवन सम्झन्छिन्,’साँझ निदाए भने भोली उठ्छ उठ्दैन ठेगान हुन्थेन। बेलाबेला बेहोस् हुन्थें ।’
सडकको त्यो जीवन सम्झँदा आज पनि उनको मनमा चिसो पस्छ । ‘पीडा सुनिदिने मानिस कोही होस् । कसैले मेरो पीडा सुनिदिओस् भन्ने लाग्थ्यो । तर सडकको मान्छेसँग को बोल्न आउँथ्यो र ?’ अवरुद्ध गलामा उनले प्रश्न गरिन् ।
सडकबाट म्याग्दी फर्केर उनले १२ को पढाइ सकिन् । त्यसपछि बेवारिसे शव व्यवस्थापनमा विनयजंग बस्नेतसँग मिलेर काम गर्न थालिन् । विनयजंगलाई एसएलसी दिनु अगावै चिन्थिन् उनी । आफूले पनि सडकको जिन्दगी बिताएकै कारण बेवारिसे शव व्यवस्थापनमा संलग्न भइन् । ‘हिजो समयमा त्यसरी नै हिँडेको भए के थाहा म बेवारिसे भएर मर्नु पो पर्थ्यो कि । त्यही कारणले मेरो जीवनसँग मेल खाएको र मानव संवेदनासँग जोडिएको भएर यो सेवामा लागें । बेवारिसे लास भन्नेबित्तिकै पारिवारिक आत्मियताको अनुभव हुन्छ,’ उनले सुनाइन् ।